Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुलबाट बस खस्दा ९ जनाको मृत्यु

काठमाडौं । परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका २४ जना यात्रु घाइते भएका छन्। जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो। घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचारको लागी भर्ना गरिएको छ। दुर्घटनाबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए।
उनले प्रहरीले बसलाई निकालेको र घाईतेको उद्दार गरि अस्पताल पुर्‍याउने काम भएको बताए । चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेको पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन्। घाइते मध्ये २ जना बालक र ३ जना महिला रहेको बुझिएको छ।

चार जनाको पहिचान खुल्यो
रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये चारजनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढ ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।