Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्थानीय तहको निर्वाचनप्रति गठबन्धनसँगै असन्तुष्ट रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा पठाएका मन्त्रीहरुलाई परिवर्तन गर्ने भएको छ । नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवाको टेबुलमा पुगेको छ । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार रामकुमारी झाँकीको ठाउँमा मेटमणि चौधरी शहरी विकासमन्त्री बन्नेछन् भने प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ पर्यटन, किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा उकालिएको छ । जहाँ विरोध खतिवडा स्वास्थ्य मन्त्री थिएन । पार्टीलाई विस्तार गर्न नेताहरुलाई फिर्ता बोलाएको समाजवादीले बताएको छ । समाजवादीले मन्त्री परिवर्तन गरेकै मौका छोपेर नेपाली काँग्रेस आफ्नो पार्टीका बदनाम तीन मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ अनुहारहरु पठाउने तयारी गरिरहेको छ । यसरी फिर्ता हुने मन्त्रीहरुमा खानेपानी मन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री डा. नारायण खड्का र महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मी रहेका छन् । सत्ता साझेदार माओवादीले भने आर्थिक वर्षको बजेट पारित भएपछि अर्थमन्त्री जनार्दन शर्मालाई बिदा दिएर उनको ठाउँमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्न पठाउने तयारी गरिरहेको बुझिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल