Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रियंका रानी जोशी बनिन् वर्षको मिस नेपाल

काठमाडौं । यसवर्षको मिस नेपालको उपाधि प्रियंका रानी जोशीले हात पारेकी छन्। ललितपुरको गोदावरीमा शनिबार साँझ भएको फाइनलमा अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको उपाधि जितेकी हुन्। जोशीले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।
यस्तै, डा सरिसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छन्। उनले अब मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। मिस नेपाल इन्टरनेशनलको उपाधि न्यान्सी खड्काले जितेकी छन्। सो अवसरमा अन्य ९ विधामा पनि विजेता घोषणा गरिएको थियो। प्रतिस्पर्धा दि हिडेन ट्रेजरले आयोजना गरेको हो।


सम्बन्धित समाचार