Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सैन्य रणनीतिक योजनामा एमाले

काठमाडौं । छुद्र बोली, दम्बी स्वभाव र अहंकारी भावना आफ्नो पहिचान बनाएका नेकपा एमाले अध्यक्ष केपी ओलीले फेरि आफ्नो पुरानो शैली दोहो¥याएका छन् । ओलीकै छुद्रताले वामशक्ति छिन्नभिन्न भएको सरकारले देखेको छ । स्थानीय तहमा एमालेले बहुमत पालिकामा विजय हासिल नगरे पनि लोकप्रिय मत एमालेकै छ भन्ने आत्मरतिका पछाडि एमालेको गठबन्धनमा समेटेका कुडा कर्कटरूपी ८ दलको ओलीले नाउ लिन छाडेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धन संसद विघटन विरुद्धको एजेन्डा स्वीकार्ने टीम हो । त्यो टिम भत्काउने योजना बनाउँदै गर्दा ओली र उनको मण्डली अमेरिकी सैनिक सम्झौतामा फसेको प्रमाण भेटिएको छ । आफैंले संविधान विपरित २ पटक विघटन गरेको संसद सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि ओलीको कदम गलत थियो भन्ने देखियो । गठबन्धन ओलीले पनि बनाए । ठाउँ अनुसारको ओलीको गठबन्धनमा भएको नेत्रविक्रम चन्दको लुटाहा दस्ता विभाजन हुनुको कारण चुनाव थियो । जुन दस्ताले रुकुम, रोल्पामा एमाले काँग्रेसलाई साथ लिएर पनि चुनाव जितेन । यो यथार्थता एकातिर छ । अर्कोतिर तिनै ओलीले एमाले पाँच दलीय गठबन्धनबाट घेरियो भन्नु तर्कसंगत कति छ । ओलीले भने पनि कालोलाई सेतो ठान्ने दलालहरू एमालेमा छन् । जसले एमाले भनेकै केपी बाहेक अरु ठान्दैन । उनीहरूको आठदलीय मोर्चा गणना गरिँदैन ।
हिजो एमाले क्विन्टल अरु पाउ, किलो भन्ने ओलीले आत्मरति पूरा गर्न लोकप्रिय मतमा चित्त बुझाउनु परेको छ । चुनाव जित्नका लागि लडिन्छ, पराजयमा लोकप्रिय मतको अर्थ हुँदैन । एमालेसँग वाममोर्चा बनाउने भनेको कसले हो, संसदमा ईश्वरहरू डुक्रिँदा झन नांगै भयो । जसले अमेरिकी सैन्य रणनीति योजनामा हस्ताक्षर गरे पनि माधव नेपाल, प्रचण्डले कतै गठबन्धनको कुरा गरेका छैनन् ? उनीहरूको गठबन्धन सत्तारुढ दलहरूबीचमा हुने हो । केपी ओलीको मनपरीलाई सच्याउन नसकेर माधव, झलनाथहरूले पार्टी फुटाएका हुन् । ओलीको एमाले क्विन्टलबाट किलोमा झरेको छ । अब साँढेबाट बोकामा झर्नेछ । किनकि राष्ट्रघात ओलीले नै गरेका छन् । तर पनि उनी आफू साढे अरुलाई बाख्रोसँग तुलना गर्दैछन् । किन ओलीको दुर्वचन हट्दैन ? यस्तो छुद्रता प्रकट गर्ने आत्मबल ओलीलाई दिलाउने ओम्नी, हुकाम, बतास, थामसेर्कु, यति होल्डिङ र नेपाल ट्रष्टभित्रको नीतिगत लुट, वाइडवडी भुक्तानी, सेक्युरिटी प्रेस काण्ड त होइन ? त्यहाँ नेपाली सेनालाई इन्डो प्यासिफिक रणनीतिमा फसाउने केपी चुपचाप हुनुपर्ने अवस्था छ । जुन विषयसँग जोडिएका अ‍ोलीका धतुरेहरू चुपचाप छन् । जसले जीवनभर एमालेको राजनीति गर्न आवश्यक खर्च जोडेका छन् । कोरोनाले पीडित जनताको विचल्ली हुँदै गर्दा नीतिगत लुटमा रमाएको ओली शासनसँग जोडिएका बिचौलिया, दलाल, कमिशन एजेन्टको सम्बन्ध ओलीबाट टुटेको छैन । राज्यबाट स्वास्थ्य उपचारको लागि झण्डै रु १८ करोड लिने आफ्नो सम्पत्ति ट्रष्ट बनाएको धक्कु लगाउने केपी ओलीलाई प्रधानमन्त्री बनाउनकै लागि मुलुक अमेरिकी सेनाको परेड खेल्ने र नीतिगत लुट चर्काएर गठबन्धन गर्न जरुरी छैन । वाम गठबन्धन ओली र उनकै सेवकहरूले खोजेका हुन् । जसले आगामी निर्वाचनमा विजय हुने ठाउँ छैन । बिना गठबन्धन केपी ओली, शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौडेल, खगराज अधिकारी जस्ता नेताले चुनाव जित्न कठिन छ । ओलीलाई आफ्नै गृहजिल्ला झापा सुरक्षित नहुँदा यो छुद्रता मच्चिएको हो । मुख त अरु पार्टीका नेताको पनि छ । उनीहरूले ओलीले राज्यबाट दोहन गरेजस्तो राजश्व दोहन गरेका छैनन् । एनसेलका शतिसलालले ओलीको बैंकक अस्पतालमा भएको खर्च व्यहोरेर राज्यलाई तिर्नु पर्ने ६७ अर्ब राजश्व नतिर्न आलटाल गरेको सबैले बुझेको कुरा हो । राज्यलाई प्राप्त हुने कर उठाउन नेकपाको नाममा ओली नायक हुँदा कति प्रयास भए ? सांसद नै नभएका व्यापारी र विश्व बैंकका दलाल डा. युवराज खतिवडाले कति राजश्व उठाए, कति व्यापारीलाई सघाए ? केपीको नजरमा त्यो ठिक थियो ? व्यापार घाटा बढाउने शुरुआत त्यो असफल, अहंकारी र कोरोनाले मरेका लास प्याकिङ गर्ने सामग्री खरिदमा समेत कमिशन खाने त्यो टिम कुन दर्शनबाट प्रेरित थियो । ओली दर्शन राज्यको हित विपरित थियो ।
स्थानीय चुनवामा लतारिएपछि लोकप्रिय मतको सहारा लिएर संसदीय चुनाव जित्न सकिँदैन । ०७४ मै एमाले माओवादी गठबन्धनबाट चुनाव जित्ने सांसदहरू ५०, १५०÷२०० मतको फरकमा जित्ने कति छन् ? ओलीको दम्बमा आएको साँढेको बचन र दुर्वचनभित्र जनता दास बन्न सक्दैन । अमेरिकी रणनीतिमा भुल्न पनि सक्दैन । जुन पार्टीमा सामूहिकताको कुरा उठ्छ त्यो पार्टीमा एकल हैकमको भरमा टिकट बाँडिन्छ । एमालेका कार्यकर्ताले भन्दा केपी ओलीका छौडा र अरिंगालले पाउने टिकटको चासो कसैलाई हुँदैन । माओवादीले दिलाएको २ पटक प्रधानमन्त्री पद अबको राजनीतिमा ओलीले कसरी पाउँछन् र एमालेले फूर्ति लगाउँछ ? फटाहा र दुष्टको सेवक बन्नु सट्टा इमान्दार र लठैतलाई प्रयोग गर्न सहज हुने कुरा ओलीलाई सम्झाउन जरुरी छ ।