Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टाट पल्टिने अवस्थामा आयल निगम, कार्यालय धितो राखेर ३ अर्ब ऋण निकाल्दै

काठमाडौं । सधैं घाटाको व्यापार गरेपछि कति धानिन्छ ? सरकार करमाथि कर थोपर्ने तर निगमले महंगोमा किनेर सस्तोमा इन्धन बेच्नु पर्ने भएपछि कसरी उभो लाग्छ आयल निगम ?  सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार कर र पछिल्लो समय घटाउने भनेको कर घटाउन नसक्दा नेपाल आयाल निगम टाट पल्टिने अवस्थामा पुगेको छ । महंगोमा पेट्रोलियम पदार्थ किनेर महंगोमा नै विक्री गरिरहेको निगममा चरम राजनीति करणले आर्थिक समस्यामा जान थालेको हो । सर्वसाधारणबाट मूल्य वृद्धिको चर्को विरोध भएका बेला सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ र पछिल्लो समय पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर घटाउने भनेर घोषणा नै गरेको थियो । तर अर्थ मन्त्रालाय कर घटाउन सहमत नहुँदा निगमले आफ्नै सम्पत्ति राखेर ऋण लिन लागेको हो । नेपाल आयल निगमले इन्धन किन्ने पैसा नभएपछि आफ्नै केन्द्रिय कार्यालय र आफ्नो जमिन धितोमा राखेर ऋण लिने भएको हो । निगमले २९ रोपनी जग्गा र केन्द्रिय कार्यालय धितोमा राखेर ३ अर्ब ऋण लिन लागेको छ ।
अर्थमन्त्रालय जमानी बसेपछि निगमले ऋण पाउने छ । स्रोतका अनुसार सरकराको लगानी रहेको राष्ट्रिय वाणिाज्य बैंक निगमलाई ऋण राजी भएको छ । अर्थमन्त्री जनार्दन शर्मा, वाणिज्य मन्त्री दिलेन्द्र वडु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्व पौडेल, निगमका कार्यकारी निर्देशक उमेश थानीले निगमको सम्पति धितो राखेर ऋण लिन लागिएको हो ।