Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पानी भर्न जाँदा किशोरी बलात्कृत

काठमार्डौं । दाङमा पानी भर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बबई गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–२ घर भएका ३५ वर्षीय बाबुराम थापा छन् । सो ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।