Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डकी छोरी र ज्वाइँ बने केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल पनि केन्द्र केन्द्रीय सदस्य नियुक्त भएकी छन्। आइतबारदेखि काठमाडौंमा सुरू भएको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै प्रचण्डले छोरी गंगालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। प्रचण्डले छोरी गंगासहित उनका श्रीमान जीवन आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
उनले यसअघि पनि गंगा र जीवनलाई केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेका थिए। तर, पार्टीभित्र चर्को विरोध भएपछि उनी पछि हटेका थिए। भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी प्रचण्डपुत्री रेनु दाहाल यसअघि केन्द्रीय सदस्य नियुक्त भइसकेकी छन्। प्रचण्डकी बुहारी बीना मगर पनि पार्टी केन्द्रीय सदस्य हुन्।
त्यस्तै माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय सदस्य बनेकी छन्। आइतबारको बैठकमा प्रचण्डले केन्द्रीय सदस्य थप गरेको जानकारी गराएका थिए।