Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अश्लिल भिडियो खिचेर व्ल्याकमेल गर्ने पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिका-३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन् ।
उक्त जंगलमा गएका एक व्यक्तिलाई उनीहरुले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल