Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमालयन र सिभिलबीच मर्जर सम्झौता स्थगित

काठमाडौं । हिमालयन र सिभिलबीच मर्जर सम्झौता स्थगित भएको हो। शुक्रबार हुने भनिएको सम्झौता एकाएक भाँडिएको हो। हिमालयन बैंकका एक सञ्चालकले शुक्रबार बैठक बोलाए पनि स्थगित भएको जानकारी दिए।
‘बैठक बोलाइएको थियो। बिहानै आज बैठक नहुने जानकारी आयो,’ ती सदस्यले भने, ‘किन बैठक स्थगित भयो राम्रोसँग जानकारी भएन।’ हिमालयन र सिभिलबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने अनौपचारिक सहमति भएको थियो।
मंगलबार स्वाप रेसियोमा कुरा मिलेपछि मर्जरसम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर गर्ने तयारी गरेका थिए। विभिन्न कारण देखाउँदै शुक्रबारको लागि बैठक सारिएको थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सरकारले यही आर्थिक वर्षभित्र मर्जर प्रक्रियामा गएको खण्डमा थप नौवटा सुविधा आगामी १ वर्षसम्म प्रदान गर्ने उल्लेख गरेको थियो। जस कारणले पनि यी दुई बैक मर्जरमा सम्झौतामा गर्न लागेका हुन्।
यसअघि हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सहमति भए पनि पछि भाँडिएको छ। हिमालयन बैंकका सञ्चालक समितिले बखेडा झिकेर मर्जर प्रक्रिया बन्द भएको थियो। इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर सहमति गरेपछि हिमालयनले बढी क्रस हल्डिङ भएको सिभिल बैंकसँग मर्जरको लागि हात अघि बढाएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले २०७९ असार मसान्तभित्र वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरे विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०८० असार मसान्तसम्म प्रदान गरिने उल्लेख गरेको थियो।


सम्बन्धित समाचार