Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको १२ करोड माथिबाटै बेपत्ता !

काठमाण्डौ । क्यानभास जुत्तामा दौडनु पर्ने, समयमा चुस्ता नपाइने, राती सुत्दा झुल र म्याटे«स नपाउने नेपाल प्रहरीलाई समयमा त्यस्ता सामानसँगै बुट पाउनु राम्रै हो । संगठनको यो निर्णयले प्रहरीको मनोबल बढाउँछ, नक्सालतिरका एक वरिष्ठ अधिकारी भन्दै थिए । अहिले प्रहरीको खरिदमा प्रबन्धको मात्र हात हुदैन ।

संगठनको खरिदमा केन्द्रमात्र होइन सात्तै प्रदेशका प्रमुख गणका प्रमुखहरु र ७७ जिल्लाका इन्चार्जहरुको अधिकार उस्तै हुन्छ । ४६ हजार जोर बुट प्रहरीलाई भिडाउन पाउने गृहमन्त्री बालकृष्ण खाँडका विश्वास प्राप्त ठेकदार हुन मोरङ्गका हसन अन्सारी र काठमाण्डौका केशर प्रधान । एशिएन लेदर र मोर्डन सुजले त्यो ठेक्का पाएका हुन् ।

प्रति जोर रु २ हजार ६५० मा प्रहरीले बुट खरिद गर्ने भएको हो । गृहमन्त्री बालकृष्ण खाँडका च्वाइसमा परेका मोरङ्गका हसन अन्सरी र काठमाण्डौ टोखाका केशर प्रधानले यो ठेक्कामा रु १२ करोड हात पार्नेछन् । यो टोलीले प्रहरीलाई आवश्यक पार्ने चुस्ता, जुत्ता, जकेट, रेनकोट, म्याट्रेस, झुल जस्ता सामान बेच्ने गर्छ । यसपटक गृहमन्त्रीकै दबाबमा अर्थबाट प्रदेश, गण, गुल्म र जिल्लामा रकमान्तर गरेर बुट खरिदको मेलोमेसो जुटाईएको हो ।