Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री बनाउने देखि राजनीतिक नियुक्तिसम्मको चलखेलमा दिपक भट्ट

काठमाडौं । यतिबेला देशको कार्यकारी अधिकारसहितको प्रधानमन्त्री शेरबहादुर देउवा छन् । तर, देश उनको हातमा छैन । उनी बालुवाटारमा सिमिति मान्छेको घेरामा छन् । देश उनका परिवारका सदस्य र आसेपासेलाई समेत प्रभावित बनाएर माफिया शैलीमा एउटा समूहले चलाएको छ । माफिया शैलीमा देश चलाउने नाइके हुन् दिपक भट्ट । हतियार देखि निर्माणका ठूला ठेक्कापट्टामा उनकै चल्छ । महत्वपूर्ण नियुक्तिहरुमा पनि दिपक भट्टले जो चाह्यो त्यही पुग्छ । दिपक भट्टले एक दशकभन्दा बढी समययता देशको आर्थिक क्षेत्रलाई प्रभावित बनाएका छन् ।

राजनीतिको उच्च तहमा पनि उनकै प्रभाव देखिएको छ । यतिसम्मकी कस्लाई चुनावमा टिकट दिलाउने भन्नेमा समेत उनको भूमिका देखिएको छ । भिडियो फुटेजमा पनि उनले त्यही भनेका छन् । दिपक भट्ट यतिसम्म प्रभावशाली देखिएका छन् कि नेपालका कुनैपनि दलका प्रभावशाली नेताहरु उनलाई चुनौती दिन सक्दैनन् । सबैसँग उनको कुनै न कुनै किसिमको सम्बन्ध छ । दिपक भट्टले दाजु सुशील भट्टलाई लगानी बोर्डको निर्देशक बनाए । उनले केपी शर्मा ओलीको पालामा सुशीललाई लगानी बोर्डमा पुर्याएका हुन् ।

भट्टले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सुनिल पौडेललाई नेपाल टेलिकमको महाप्रबन्धक बनाए । पौडेल पनि उनका खास मान्छे हुन् । देउवाले काँग्रेसमा लामो योगदान गरेका परिवारका सदस्यहरुलाई पन्छाए सुनिलका लागि । यसको कारण थियो दिपक भट्ट समूहको मोटो रकम । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पनि दिपक भट्ट समूहकै हुन् । पौडेलको नियुक्तिमा पनि मोटो रकमको चलखेल भएको छ । यसमा पनि भट्टले नै खेले । करको दर हेरफेरमा पनि दिपक भट्टले भित्री भूमिका खेले । उनका खास मान्छे मध्यराति सिंहदरबार छिरेका थिए । भट्टकै योजनामा करोडौंको चलखेलबाट करको दर हेरफेर गरी व्यापारीहरुलाई लाभ पुग्ने कार्य भएको थियो । भट्टकै योजनामा हतियार ल्याउने चलखेल भएको खुलिसकेको छ ।

नेपाल प्रहरीका लागि हतियार खरिद गर्न उनले विभिन्न शक्तिकेन्द्र व्यवस्थापन गरिसकेको भडियो सार्वजनिक भइसकेको छ । अरबौंको हतियार ल्याएर विचौलिया बनी करोडौं रकम लाभ लिन उनी विगत देखि सफल हुँदै आएका छन् । सशस्त्र प्रहरीको एपीसी खरिदकाण्डमा पनि दिपक भट्टको भित्री भूमिका थियो । उनी योजनावद्ध रुपमा यस्ता कार्यमा लाग्दै आएका छन् । दिपक भट्ट हिमालय रि इन्सुरेन्सको खेलमा पनि संलग्न छन् । उनको हिमालय रिमा आधा अर्बको लगानी देखिन्छ । हिमालय रि स्थापनामा तत्कालीन केपी शर्मा ओली सरकारलाई प्रभावित बनाएर काम अगाडि बढाउन सके ।

देउवा कालमा हिमालय रि विवादमा परिरहँदा दिपक भट्ट आफै चलखेलमा सक्रिय भएका छन् । दिपक भट्ट यसरी राज्यको हरेक निकायलाई प्रभावित गरी आफ्नो माफिया साम्राज्य खडा गर्न सफल भएका छन् । उनले देशमा राजनीतिक नियुक्ति मात्र नभई प्रधानमन्त्री बनाउने चलखेलमा पनि भूमिका खेल्न थालेका छन् ।