Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड गर्मीका कारण ६ सय बढीको मृत्यु

एजेन्सी । दक्षिणपश्चिम युरोप अहिले चापलहरको चपेटामा परेको छ। शनिबार यो क्षेत्रले लगातार छैटौं दिन अत्यधिक गर्मीको सामना गर्‍यो। गर्मीको कारण त्यहाँका जंगलमा आगलागी पनि बढेको छ। त्यस्तै यहाँको तापक्रम पनि अहिलेसम्मकै उच्च विन्दुमा पुग्ने दिशामा अघि बढेको छ।
फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा आगलागी फैलिएसँगै अहिले त्यहाँका अधिकारीहरु त्यसलाई नियन्त्रणको लागि प्रयास गरिरहेका छन्। हजारौं क्षेत्रमा फैलिएको आगलागी नियन्त्रणको प्रयासमा केही सुरक्षाकर्मीको मृत्यु पनि भइसकेको छ। स्पेनमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथिको विन्दुमा पुगेको छ। जसको कारण अहिलेसम्म कम्तीमा ३६० जनाको मृत्यु भएको छ। शुक्रबार मात्र स्पेनको केही क्षेत्रमा तापक्रम बढेर ४५ डिग्री पुगेको छ। सो क्रममा १२३ जनाको मृत्यु भएको थियो।
छिमेकी मुलुक पोर्चुगलमा पनि जुलाई ७ देखि १३ को बीचमा २३८ जनाको मृत्यु भएको थियो। मृत्युदर बढ्नुको कारण अत्यधिक तापक्रम रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। मृत्यु हुनेमध्ये धेरैजसोमा वृद्ध उमेरको कारण कमजोरी वा अन्य समस्या पनि रहेका बिरामी छन्। लामो समयदेखिको खडेरी र बढ्दो तापक्रमको कारण विशेषगरी पोर्चुगल र स्पेनमा आगलागीको घटना बढेको छ।