Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिदीको घर हिँडेकी किशोरीलाई मध्यरातमा सामूहिक बलात्कार

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–५ स्थित दिदीको घर गइरहेकी बाँकेकी एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–८ का ३० वर्षीय राजेश मंगता र २० वर्षीय रोहन खटिक रहेका छन् । पीडित भनिएकी किशोरीको घर बैजनाथ–२ मा पर्छ । मंगता र खटिकले वुधबार मध्य रातमा बर्दियाको बढैयाताल–५ फुलबारीस्थित सडक किनारमा १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको आरोप छ । बिहीबार बिहान किशोरीले जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बर्दिया प्रहरी प्रवक्ता सुर्य सुवेदीका अनुसार पीडितले आरोपी दुवै जनाको नाम भन्न सक्ने अवस्था पनि थिएन । राति अबेर भएपछि दिदीको घरसम्म पुर्‍याइदिन्छु भन्दै उनीहरुले लैजाने क्रममा बाटोमा बलात्कार गरेको पीडितको दावी छ । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।