Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमण बढेसँगै आइसियु र भेन्टिलेटर तयारी अवस्थामा

काठमाडौं । भुसको आगो झैं कोरोना संक्रमण भित्रभित्रै फैलिन थालेपछि पूर्व तयारीका कार्यक्रमहरु अघि बढेका छन् । मुलुकमा दुई सातादेखि कोभिड संक्रमण फेरि बढ्दै जान थालेको छ। मानिसहरूले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै कोभिड बिरामी बढ्दै गइरहेका हुन्। बागमती प्रदेशभित्र कोभिड बिरामीको संंख्या उच्च देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले जानकारी दिएका छन्। कोभिड संक्रमणका बिरामीको संख्या बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा उच्च रहेको छ, डा दासले भने। त्यसैगरी प्रदेश १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारी मध्यनजर गरी भीडभाड नगर्न तथा सभा, सम्मेलन एवं गोष्ठीमा भाग नलिन साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई डा. दासले अनुरोध गरे। मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरूले महामारी नियन्त्रणका लागि २ हजार ८ सयहाराहारी आइसियु, १ हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिन्डर साथै १ सय ३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी दिए। कोभिडका कारण आर्थिक हानीमात्रै होइन ज्यानै जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ, डा दासले भने, मुलुकवासी ४३ प्रतिशतमा डिप्रेसन, ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निद्रा लाग्ने समस्या भेटिएको छ।
पछिल्लोपटक मंकिपक्स रोग महामारीका रूपमा ७० देशमा फैलिँदै गइरहेकाले नेपालको हवाई यात्राका साथै नाकामा पनि कडाइको व्यवस्था हुनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेलले जानकारी दिए। छिमेकी मुलुक भारतमा मंकिपक्सका तीन केशका बिरामी देखिएकाले नेपालमा पनि स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिन्छ, उनले भने। मंकिपक्स हालसम्म नेपालमा भने पुष्टि भइसकेको छैन तर विदेश यात्रा गर्दा र विभिन्न नाकाबाट नेपाल भित्रिँदा स्वास्थ्य सावधानी नअपनाए छिट्टै नेपालमा भित्रिन सक्ने चेतावनी डा पौडेलले दिए।