Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेरबहादुरलाई देखाइदिएका मल्ल उतातिर वरिष्ठ उपसभापति

कैलाली । नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कर्ण मल्ललाई कांग्रेस बिपीले वरिष्ठ उपसभापतिमा मनोनीत गरेको छ । बुधबार सम्पन्न कांग्रेस बिपी कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले मल्ललाई बरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो । प्रतिनिधि सभा तर्फ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको क्षेत्रको प्रदेश सभामा मल्ल विजयी भएका थिए । कांग्रेस जिल्ला अधिवेशनमा सभापतिले बल प्रयोग गरेको भन्दै उनी रुष्ट बनेका थिए । स्थानीय तहको निर्वाचनमा उनकै पहलमा डडेल्धुरामा एमाले र बिपी कांग्रेसको तालमेल भएको थियो । स्थानीय तहको निर्वाचनमा फरक दलसँग तालमेल गरेको भन्दै मल्ललाई पार्टीले कारबाही गरेको थियो । पार्टीबाट कारबाही झेल पनि प्रदेश सभा सदस्यबाट भने मल्लले राजीनामा दिएका थिए । बिपी कांग्रेसको नाममा संगठन बिस्तारमा लागेका मल्ल सहितलाई बुधबार बिभिन्न पदहरूमा मनोनीत गरिएको हो । उक्त बैठकले दाङका हेमन्त बहादुर मल्ललाई महामन्त्रीमा मनोनीत गरेको छ ।
डडेल्धुराका करुणाकर भट्ट सहित १६ जनालाई केन्द्रीय सदस्यमा जिम्मेवारी तोकिएको प्रवक्ता शिव प्रसाद सिमखडाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त बैठकले नागरिकता संशोधन सम्बन्धी विधेयक खारेज गर्न र महँगी नियन्त्रण गरेर जिवीको पार्जनमा सहज बनाउन समेत माग गरेको छ ।