Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी ठग्दैछ बिशाल समूह

काठमाण्डौं । एउटा भनाई छ, बैङ्क र वित्तीय संस्था भनेका कानुनसम्वत रूपमा ठडिएका साहु हुन् । यिनले घाम लाग्दा छाता दिन्छन्, पानी परेपछि फिर्ता माग्छन् । गाउँघरमा कपाली तमसुक गरेर ऋण लगानी गर्नेहरूले पछाडि सुन्ना थपेजस्तै व्यवहार वित्तीय संस्थाहरूको पनि हुन्छ । सेवा शुल्क, धितो मूल्यांकन खर्च जस्ता अनेक शीर्षकमा ऋणीको रगत पसिना चुस्ने काम मात्रै गर्दैन । ऋण तिराउन भन्दा धितो कब्जा गर्ने ध्याउन्न उनीहरूको भएकै कारण बैङ्कको सहारामा ठूला व्यापार गर्नेहरू धमाधम टाट पल्टिएका छन् भने डिल्लीबजार कारागारका कोठाहरू यस्तै भीआईपीले भरिन थालेका छन् ।

दशा बाजा बजाएर आउँदैन, ग्रह सुध्रिएको बेला जहाँतहिँ फलिफाप हुन्छ । जब दशा बिग्रन्छ त्यसपछि आफैं राजा भएका मठाधिसहरू समेत सोत्तर हुन्छन् । एमाले नेताहरूलाई जनता ठगेर थैलो बुझाएका इच्छाराज तामाङ हुन वा काँग्रेसका गफाडीहरू पालेर आफैं भड्खालोमा परेका सुधिर बस्नेत नै किन नहुन् । कुनै बेला अग्नि एयरका माकि सुधिर बस्नेत हाउजिङ र जग्गा प्लटिङको क्षेत्रमा चर्चित थिए । उनको शहकारीमा पैसा राखेका नागरिक हुन् वा हाउजिङमा घर खरिद गर्नका लागि किस्ताबन्दी रूपमा नगद जम्मा गरेका हुने खानेहरू नै किन नहुन् तामाङ र बस्नेत जस्ता चरित्रले जनता ठगेकै हुन् । दलीय आवद्धताका लागि घुस्याहा नेतालाई पैसा बुझाएर एमाले सांसद पद किनेका बेलाको रजगज किन नहोस । नाफा रामै्र गरेको बैङ्क किन लुटेरामा गनियो ? शङ्का छ, इच्छाराजसँग रु १० करोडको काण्डमा एमालेका हाइप्रोफाइल नेतासँग जोडिएका ठूला कानुन व्यवसायी रुद्र पोखरेल केही समय बेपत्ता भए । उनले न्यायाधीश राजकुमारको जागिर नै खाइदिए ।

तर सुधिर बस्नेतको जग्गा कब्जा गर्न २५ बर्षअगाडि स्थापना भएको एनआइसी एसिया बैङ्कका सञ्चालकहरू जगदिश अग्रवाल र अशोक अग्रवालको बिशाल समुह सफल भएको छ । यो ठगिको कथाबाट ‘बैङ्क पनि साथी पनि’ भन्ने एनआईसी एसियाको नारा अब बैङ्क पनि कपाली तमसूकको पाराको ठगि पनि भन्नेमा परिणत भएको छ । टोखा नगरपालिका वडा नं ४ धापासी हाइटको २४ रोपनी जग्गा धितो राखेर शुरुमा १४ करोड ऋण लिएको बताउने बस्नेत समुह यो बैङ्कबाट पीडित बनेको छ । बस्नेत समूहका अनुसार ऋण चुक्ता गरे पनि रु १९ करोड बाँकी छ भन्दै बस्नेतको जमिन अग्रवाल समूहले कब्जा गरेको बताइन्छ ।

अहिलेको मुल्यमा प्रतिआना रु ४५ लाख भन्दा बढी पर्ने २४ रोपनि जमीन कब्जा गर्न बिशाल गु्रपका जगदिश अग्रवाल, अशोक अग्रवाल सरकारले डामेर छाडेका आर्थिक अराजक साँढेका रूपमा बजारमा चिनिएका छन् । यो समूहले म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति सहितको लोगो टाँसेर उपभोक्ता ठग्दै आएको छ । ऋण दिँदा हाँसेर दिने तर उठाउँदा गुण्डागर्दी शैली अपनाउने यो समूहको विशेषता नै हो । दरिद्रपनमा अग्रवालको टोली आफैं कपटी र लुटाहा बन्न पुगेको कुरा सुधिर बस्नेत काण्ड नै काफी छ । आफ्नो व्यवसाय ध्वस्त हुँदा बस्नेतले अग्नि यातायात समेत बेचे । बस्नेतलाई अग्नि एयरको जहाज दुर्घटनाले पनि डुबाएकै हो । हाउजिङ कम्पनि चम्केकै बेला सहकारी काण्डले थला पारेको थियो । त्यही मौकामा धापासीको हाउजिङले ओगटेको २४ रोपनी जग्गा धितो राखेर एनआइसी एसियाले गरेको १४ करोड लगानी चुक्ता गर्दा पनि जग्गा कब्जा भएको बस्नेतले बताउँदै आएका छन् । देशमा लुटाहरूको शासन हुँदा बैङ्क र बीमा क्षेत्रले यस्तै आतङ्क मच्चाउने गर्छन् ।

ऋण लगानी गरेर लगानी कर्तालाई सडकमा पछारेर सुकुम्बासी बनाउन माहिर बिशाल गु्रपले सञ्चालन गरेको बैङ्कले ऋणी ठग्छ भन्ने त्यो समूहले आफ्नै स्टील कम्पनीको गुणस्तर समेत हेर्दैन । धापासी हाइटको बस्नेत समूहलाई खेदेर हडपेको जमिनमा डोजर लगाएर आलिसान भवन बनाउने काम धमाधम भइरहेको छ । टोलबासीको असन्तुष्टिलाई समाधान गर्नुको साटो सुधिरलाई तह लगाएकै शैलीमा धम्क्याउने काम विशाल समूहले गरिरहेको छ । विशाल गु्रपको दादागिरी बिरुद्ध स्थानीय युवाहरू एकजुट भइरहेका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एनआइसी एसियाको मुनाफा रु ४ अर्ब ५२ करोड ५४ लाख देखाइएको छ ।

अघिल्लो बर्ष ३ अर्ब २५करोड १०लाख ८४ हजार नाफा कमाएको बैङ्कले यस्तै धितो कब्जा गरेर सम्पत्ति नाफा बढाएको त होइन ? ऋणीहरू बिशालगु्रपसँग डराउन थालेका छन् । त्यसो त नेपाल बैङ्क, एनआइडिसी, कर्मचारी सञ्चय कोषले २०५५ सालमा १ अर्ब ३१ करोड ऋण लगानी गरेको फूलबारी रिसोर्ट र अमात्य समूह जस्ता ऋणी भएको भए एनआइसी एसिया चलाउने बिशालगु्रपले के गथ्र्यो ? सरकारको सम्पत्ति सावाँ न ब्याजमा आलटाल गर्ने अमात्य समूहको फुलबारी रिसोर्टलाई त्यो बेला नेपाल बैङ्कले ६५ करोड, बाणिज्य बैङ्कमा सरेको एनआडिसीले ३५ करोड, कर्मचारी सञ्चय कोषले ३१ करोड लगानी गरेका थिए । फुलबारी रिसोर्टको साँवा र ब्याज गरी रु ४ अर्व ऋण पुग्दा बल्ल ती सस्थाले धितो लिलाम गर्ने सूचना निकालेका छन् । सरकारी र निजी संस्थाहरूको लगानिका नियम कानुन एकै हुन्छन् । तर निगरानी, सोधखोज र ताकेता फरक हुँदा सुधिर बस्नेत एनआइसी एसीयाको १४ करोड ऋणको डमाइमा परेका हुन् । ४ सय रोपनि जमिनको पाँचतारे होटल फुलबारीमा १६५ वटा कोठाहरू छन् ।

होटलसँगै पियुसबहादुर अमात्यको नाममा ६ रोपनी, श्रीमती गंगा अमात्यको नाममा सात रोपनी सात आना जग्गा फुलबारी रिसोर्ट अन्तर्गत रहेको छ । अहिले त्यो जग्गा समेत लिलाममा छ । फुलबारी रिसोर्टको प्रक्रिया एनआइसी एसिया बैङ्कले पनि हेरिरहेको छ । बैङ्कले गत बर्ष ९ अर्ब २२ करोड ७५ लाख २ हजार नाफा गरेको समिक्षा रिपोटमा देखिन्छ । समिक्षा अबधिमा ६ अर्ब ४० करोड ९९लाख ४१ हजार नाफा छ भने त्यो बैङ्कको अघिल्लो वर्षको वितरणयोग्य मुनामाफ १ अर्ब, ९२ करोड, १७ लाख, २ हजार रहेको छ ।

यो वर्षको वितरण योग्य मुनाफा २ अर्ब, २४ करोड, ६४ लाख, ३८ हजार भएको बताएको छ । लगानी गरेपछि लगानी डुब्न दिनु हुँदैन । सबै ऋणि सुधिर बस्नेत जस्ता जनता ठग्ने हुँदैनन् भन्ने वास्तविकता बिशाल गु्रपका कम्पनीहरूले कति बुझे ? त्यो भने त्यो कम्पनीले म्याद गुज्रिएका खाध्य बस्तुको लोगो साँट्ने, मिति परिवर्तन गर्ने, लोगो फेर्ने र नयाँ सिल लगाउने धन्दाले देखाउँछ । स्मरणीयण् छ यो बैङ्कले स्थापना कालदेखि हालसम्म १९ अर्ब ९२ करोड राजस्व बुभफाएको दाबी गरेको छ तर उपभोक्ता ठग्न भने छाडेको छैन ।