Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ताइवानको आकाशमा युद्ध संकेत : अमेरिकी नौसैनिक जहाज बढ्यो

एजेन्सी । चीनले पहिलोपटक ताइवानमाथि मिसाइल प्रहार गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मिसाइल प्रहार गरेको हो । उसले अमेरिकाले आगोमा खेल्न खोजेको भन्दै कडा जवाफ दिने चेतावनी दिएको थियो ।
चीनले ताइवानको क्षेत्रमा सैन्य अभ्यास गरेको छ । यसअघि ताइवानको समुन्द्र बाहिर मिसाइल प्रहार गरेपनि जमिनको क्षेत्रमा गरेको थिएन ।
चीनले ताइवानमाथि आक्रमण गर्ने संकेतहरु देखिएसँगै अमेरिकाले पनि सैन्य गतिविधि बढाएको छ । अमेरिकी नौसैनिक जहाज र विमानहरु ताइवानको समुन्द्री क्षेत्रमा दुई हप्ताभित्र पुग्ने भएका छन् । ह्वाइट हाउसले बिहिबार यसको घोषणा गरेको छ । अमेरिकी नौसैनिक जहाज यूएसएस रोनाल्ड रेगन ताइवानको समुन्द्री क्षेत्रमा पुग्ने भएको हो । जापानमा आधार बनाएर उक्त नौसैनिक जहाज राखिएको छ ।