Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको भाउ घट्यो, कतिमा कारोबार ?

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सयले नै घटेर तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार १३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।