Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवन छोड्दिन : प्रचण्ड

काठमाडौं । सुरक्षित क्षेत्रको खोजीमा काठमाडौं १० बाट शुरु भएको उनको दौडाहा कहिले सीराहा, कहिले रुकुम रोल्पा त कहिले चितवन भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी दोस्रो दल बन्ने दाबी गरिरहेका छन् । कांग्रेससहितका पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी आगामी निर्वाचनमा निर्णायक शक्तिको रुपमा उभिने बताउँदै आएका छन् । यो सँगै उनी निर्वाचनपछिको सरकारको प्रधानमन्त्रीको रुपमा पनि प्रस्तुत भैरहेका छन् । निर्वाचनपछि कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने चर्चा भैरहेको छ । आगामी निर्वाचनमा दाहाल स्वयम भने कहाँबाट चुनाव लड्छन् ? भन्ने कुरा अहिले अर्को चर्चाको विषय बनेको छ । यसअघि दाहाल चितवन–३ बाट निर्वाचित भएका थिए । एमलोसँगको गठबन्धनमा उनी ०७४ मा भारी मतले विजयी भएका थिए । अहिले उनी चितवनबाटै चुनाव लड्छन् ? वा के गर्छन् ? भन्ने विषय निक्र्यौल भएको छैन् । कतिपयले दाहाल धनुषा–१, सिरहा–१, सिन्धुलीबाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर, दाहालले भने आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । जापान भ्रमणमा रहेका दाहालले गृहजिल्ला चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् ।
जापानमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा दाहालले भनेका थिए,‘म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला। देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने सम्भावना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु, म अपिल गर्छु की जापानमा रहेका साथीहरूले पनि सहयोग गर्नुहोस्।’

 

नागरिकता विधेयक फिर्ता भए फेरि जान्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरी संसद्मा पेश गरेर पारित गराउने बताएका छन् । नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरूसँग जापानको टोकियोमा कुराकानी गर्दै राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने उल्लेख गरेका हुन । प्रचण्डले भने, फिर्ता गरे सरकारले फेरी लैजान्छ, त्यसमा समस्या छैन । नागरिकता विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको उल्लेख गर्दै प्रचण्डले विगतकै व्यवस्था अनुसार अहिलेको विधेयक आएको हो ।