Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । लामो बहस र लामै विवादकाबीच संसदको दुवै सदनले पारित गरी राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पुगेको नागरिकता विधेयक एकाएक फिर्ता भएपछि राजनीतिक बहस शुरु भएको छ । संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भने संविधानको धारा उद्धृत गरेर मुख्य ९ सवाल उठाउँदै आइतबार नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि संघीय संसद्मै फिर्ता गरेकी हुन् । संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट विधेयक प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो । यसबीचमा विधेयकको पक्ष र विपक्षमा रहेका दुवै समूहले राष्ट्रपति भण्डारीसँग भेट गर्दै सुझाव दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ मा प्रमाणित गरेर विधेयकलाई प्रमाणीकरण गर्न शीतलनिवास पठाएका थिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल