Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जितेकाहरुलाई शेखर समूहको छुट्टै बधाई

काठमाडौं । नेपाली कांग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ । यसअघि सोमबार र मंगलबार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा देशभरका जनप्रतिनिधिका लागि बधाई, शुभकामना तथा अभिमुखीकरण गरिएकोमा शेखर समूहले आज छुट्टै कार्यक्रम राखेको हो । बिहान ८ बजेदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बधाई, शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख९उपप्रमुख र जिसस प्रमुख–उपप्रमुख सहभागी छन् । कार्यक्रममा नेताहरूले स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही, पार्टीमा आफूहरूको दरिलो उपस्थिति साथै आसन्न मंसिर ४ को निर्वाचनको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।