Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अपराधी र बदमास बालुवाटारका

काठमाडौं । काँग्रेसमा भजन भण्डलीको भीडभित्र अपराधी र बदमास मात्र हुन्छन् भन्ने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले च्यापेका चरित्रहरू प्रमाण हुन् । लुट्नसम्म लुट्ने संवैधानिक अंगमा नियुक्ति लिनेको भिड यतिबेला बालुवाटारमा एकजुट भएको छ । अख्तियार ताक्ने महेश्वर न्यौपाने हुन् वा रमेशकुमार सिंह नै किन नहुस् । यस पटक त्रिभुवन विश्वविद्यालयभित्रै भद्रगोल गर्ने प्राध्यापक परीक्षाका प्रश्नपत्र बेच्ने, बौद्धिक सम्पत्ति चोरी गर्ने केदार घिमिरे जस्तालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्ति गर्न बालुवाटारको तयारी छ । घिमिरे काँग्रेस होलान् तर सेवा आयोगको सदस्य हुँदा बदनाम भएका पात्रलाई अध्यक्ष पद किन दिनु प¥यो । घिमिरे र ईश्वरचन्द्र दत्त मिलेर त्रिविमा प्राध्यापक परीक्षामा सामेल भएका व्यक्तिहरूसँग पैसा उठाएर हजम गर्ने बहादुर भएको कुरा अख्तियारले नै ठहर गरी कुनै पनि नियुक्ति नगर्न सरकारलाई सजग गराएको थियो । तर अपराधीको संरक्षक बालुवाटारले यस्ता कुरा ख्याल गर्दैन ।
विश्व विद्यालय अनुदान आयोगले समेत कालो सूचिमा राखेको चरित्रलाई बालुवाटार बोक्दैछ । जबकि तीनले गरेका गलत कामको ८ असोज २०७० को मूल्यांकन समिति ११ असोज २०७० मा बसेको रिसर्च काउन्सिल बैठकले समेत केदारनाथ घिमिरेलाई अयोग्य ठहर गरेको थियो । त्यस्ता चरित्र त्रिविको सेवा आयोगमा पु¥याउँदा त्यो त्रिविको हालत कस्तो हुन्छ ? शिक्षामन्त्री देवेन्द्र पौडेलले समेत यस्ता कुरामा कुनै ख्याल गरेनन् भने केदारले दिलाउने घुसको थैलीमा देवेन्द्र डुबेका छन् भन्नैपर्छ । किनकि त्रिभुवन विश्वविद्यालयको नेतृत्व लिनेहरू विवादरहित भएनन् । त्यो पनि नेपाली काँग्रेसको भष्मासुर समूहमा केदारनाथ जस्ता बौद्धिक सम्पत्ति चोरेर पुस्तक प्रशासन गर्ने कुलंगारहरूको रक्षा गर्न बालुवाटार सक्रिय भएका बेलामा त्रिविभित्र स्वच्छता कसरी हुन्छ ? पैसा बुझाउन लफूंगा, आबारा र चीट चोरहरूबाट त्रिवि भरियो भने २१औं शताब्दीको शिक्षा गुणस्तर पनि चम्कन्छ । बालुवाटारलाई धन्यवाद भन्नैपर्छ ।