Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कवयित्री दिलाको बसन्तको खोजी लोकार्पण

काठमाडौं । कवयित्री दिला लामिछाने अधिकारीको पहिलो कृति बसन्तको खोजी राजधानीमा लोकार्पण गरिएको छ । पूर्व प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यमा विमोचित कृति आफ्नो पहिलो प्रयास भएको बताउँदै कवयित्रीले यो प्रयासमा भएका कमी कमजोरी औंल्याउँदै आगामी कृतिका लागि घचच्याउन आग्रह गरेकी छिन् । कृतिमाथि टिप्पणी गर्दै पत्रकार ईश्वरी वाग्लेले उहाँको पहिलो कृतिमा प्रस्तुत भएका कविताहरुले समाजका तत्कालिन विषयवस्तुलाई समेटेको बताए । यसैगरी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका उपाध्यक्ष पत्रकार वीरबहादुर वाइवाले कवयित्री समसामयिक विषयलाई केन्द्रीत गरी ७५ वटा शीर्षकमा कविता लेखेर नेपाली साहित्यलाई योगदान पु¥याएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि कवि श्रवण मुकारुङले कविता लेखन सजिलो विषय नभएको बताउँदै निकै लामो कालखण्डपछि मात्रै एउटा कृतिको जन्म हुने बताए । साहित्य लेखन कहिल्यै पूरा नहुने बताउँदै कवयित्रीको पहिलो प्रयासमा पनि नारी बेदन, राजनीतिमाथि प्रहार, प्रकृति प्रेम जस्ता विषय समेटिएको बताएका थिए । कवि मुकारुङले लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, बालकृष्ण समहरुले बाँकी छाडेको साहित्यको पाटो पछिल्लो पुस्ताले भर्दै गएको बताएका थिए । कार्यक्रमको अध्यक्षता ब्रदर बुक्सका प्रकाशक यज्ञ न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रकाश लामिछानेले गरेका थिए ।