Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूकम्पको पैसा खाने, अख्तियार नजाने

सिन्धुपाल्चोक । भूकम्पले क्षति पुगेका विद्यालयको मर्मत एनजीओ, आईएनजीओहरूबाट भयो । तर राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट लगिएकोे झण्डै २७÷२८ करोड झ्वाम पारेका काँग्रेसका समाजसेवी मोहन बस्नेतको दादागिरीले निजामती क्षेत्र आतंकित बन्दैछ । राष्ट्रिय बजेटबाट गएका योजनाहरूको बजेटबाट कमिशन बटुल्ने समाजसेवी मोहन बस्नेत र सोलुका बलबहादुर केसीको चरित्र एउटै छ । जिल्लाका जनता समस्यामा पर्दा तत्काल पुग्ने राहत वितरण गर्ने मोहनसँग त्यो पैसा कहाँबाट आयो जनताले चुनावमा खोज्नुपर्छ ।
विकास बजेटको ढुकुटीबाट आधा आफू खाने आधा काममा लगाउने बस्नेतको टिमले २७ करोड लुटेको रिपोर्ट अख्तियारमा छ । आयुक्त जयबहादुर चन्दको कमाण्डमा त्यो फाइल थन्किएको छ । जनता काँग्रेसी डनको चुरीफुरीबाट दिक्क भएका छन् । जुरे पहिरोका पीडितलाई सहयोग गर्न दाताले दिएको पैसा समयमा नदिने भ्रष्ट, लुटाहाहरूकै कारण देशले प्रगति गर्न नसकेको हो । कम्युनिष्ट नेतालाई भ्रष्ट भन्ने मोहन बस्नेत टेलिभिजनका स्क्रीनमा निकै आदर्शवादी देखिन्छन् । तर उनको घुस्याहा शैली शिक्षक, शिक्षिकाको समेत मर्यादा नराख्ने खालको छ । बाह्रबिसे नगरपालिकाका मेयर बस्नेतकै भाई छन् । गठबन्धनका कारण उनले चुनाव जितेका हुन् । त्यहाँ काँग्रेसको जनाधार बलियो भएर होइन ।
जनताले शैक्षिक क्षेत्रमा भएको त्यो २७ करोडको फाइल अहिले जयबहादुर चन्दको दयामा कति टिक्छ पर्खेर बसेका छन् । नाताले डा. आरजुका ज्वाइँ मोहन राजनीतिसँगै समाजसेवामा पनि लागेको देखिन्छ । तर नियतै खराब भएको प्रमाण शैक्षिक क्षेत्रको संरचना निर्माणमा दोहोरो रकम लिएर हजम पार्ने हिक्मतीला र आँटी पनि भएका छन् । यो काण्डले कर्मचारीलाई समेत तर्साउन थालेको छ । कर्मचारी क्षेत्रसँग नियम कानुनको आधार छ राजनीति गर्नेले व्यवहारिक विषय भन्दा डनवादलाई प्रोत्साहन गर्दा देशको प्रगति नभएको हो । अनुसन्धानकर्ता समेत यस्तैसँग बिक्छन् । प्रजिअ उमेश ढकाललाई मोहन बस्नेतले यस्तै लुट मच्चाउन छानेरै सिन्धुपाल्चोक लागेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदीय गरिमा राखेर आयुक्त र प्रमुखआयुक्तहरूले काम गरे भने भ्रष्टाचारीहरू तर्सन सक्छन् । आयोगलाई राजनारायण पाठक, दिप बस्न्यातहरूले बदनाम बनाइदिएका छन् । आयोगप्रति जनताको भरोसा छ । तर, त्यो आयोगले विशेष अदालतमा पठाएका मुद्दाका आरोपीले सफाई पाउँदा सिन्धुपाल्चोकका कटने काजीहरूको दादागिरीले स्थान पाउँछ कि भन्ने शंका हो ।
अनुसन्धान फितलो बनाएर हजम गर्ने टोली पनि अख्तियारमा छ कि शंका छ । तर हिजो आफ्नो क्षेत्रमा बदनाम बन्नबाट जोगिएकाहरू नै अख्तियारमा छन् । अहिले भने यो टोली जाला र हजम गर्ने काम शुरु गरौंला भन्दै महेश्वर न्यौपाने, शैलेन्द्र खनाल, हरिबहादुर पालहरू मुख मिठ्याएर बसेका छन् । जबकि यिनीहरूले बिताएका ठाउँ विगतमा विवादरहित थिएनन् ।