Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिकता विधेयकमा सहमतिको प्रयासमा राष्ट्रपति

काठमाडौं। सहमित र आजको आवश्यकता हो । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिमा जुटाउने प्रयासका सन्दर्भमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का नेताहरुसँग अलगअगल भेटवार्ता गरेकी छन्। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा संसद्मा भएका दलहरुलाई साझा धारणा बनाउन पछिल्लो समयमा पहल गर्दै आएकी छन्। सो क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक आम जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले इतिहासदेखिकै विषय अध्ययन गरेर राष्ट्रिय धारणा बनाएर विधेयक पारित गर्नुपर्नेमा त्यसो हुन नसकेकाले चिन्ता र चासोसहित आफूले सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता गरेको स्पष्ट पारेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा पनि छलफल थियो। सो विधेयकमा अङ्गीकृत नागरिकले नारिकता पाउनयोग्य हुने अवधिबारे विवाद उत्पन्न भएको छ । विसं २०७२ को संविधान जारी हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपाली नागरिक भएका अवस्थामा नागरिकता प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारद्वारा प्रस्तुत नागरिकता विधेयकमा स्वघोषणा, वैवाहिक अङ्गीकृतलगायतका बारेमा दलहरुबीच मतान्तर रहेको छ। सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि गत साउन ६ गते राष्ट्रपतिसमक्ष पठाइएकामा राष्ट्रपति भण्डारीबाट गत साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइएको थियो।
विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रियसभाबाट विधायन व्यवस्थापन समितिमा पठाइएकामा समितिले नेकपा एमालेको फरक मतका बीच संशोधन नगरी पारित गरेको छ। विनासंशोधन पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुँदा के होला रु भन्ने चासोका बीच राष्ट्रपति भण्डारीले नै राजनीतिक नेतृत्वसँग भेटवार्ता र परामर्श गरी आपसी अन्योल र दूरी घटाउन पहल लिएकी छन्। यसअघि राष्ट्रपति भण्डारीले कानून क्षेत्रका ज्ञाता र नागरिक क्षेत्रका अगुवासँग नागरिकता विधेयकबारे परामर्श लिएकी थिइन्। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको भेटमा राष्ट्रिय सहमतिको पहलका लागि आफूले सन्देशसहित विधेयक फिर्ता गरेकामा सत्तारुढ पाँच दलबाट त्यसका गहन पक्षलाई मनन् नगरीकन प्रतिक्रिया दिइएकामा चिन्ता व्यक्त गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले नेपालको मौलिक प्रकारको शान्ति प्रक्रियालाई निष्कर्षमा लानुपर्ने सबैको दायित्व भए पनि सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयक ल्याउँदा पीडितको न्यायको सुनिश्चितता, परिपूरणजस्ता विश्वव्यापी मान्यतालाई स्वीकार गरिनुपर्नेमा जोड दिएकी थिइन्। जवाफमा अध्यक्ष प्रचण्डले ती विधेयकबारे राष्ट्रपति भण्डारीको भावनासँग आफूहरुको भावनाको मेला खाने उल्लेख गर्दै सबै दलबीच सहमति गराउने कोशिश भए पनि हाललाई अस्थायी समाधानका रुपमा नागरिकता विधेयक ल्याउनुपरेको अवगत गराए।
अध्यक्ष प्रचण्डले यी विषययमा सहमतिका लागि निरन्तर पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीको सन्देश आगामी संसद्लाई पनि मार्गदर्शनयुक्त हुने तथा यसले जनताको भावनाअनुसार नयाँ ढङ्गले सोच्न बल पुग्ने भएकाले त्यसमा आफूहरुको समर्थन र सहयोग रहने जनाएका थिए। भेटमा माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षामान पुन र जनार्दन शर्मा सहभागी थिए। नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले पनि नागरिकता विधेयकबारे राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनबाट आफूहरु पछि नहटेको तर हाललाई नागरिकतासम्बन्धी समस्याको समाधानका लागि विधेयक ल्याउनुपरेको स्पष्ट पारेका थिए।
सो पार्टीका तर्फबाट अध्यक्ष नेपालसहित उपाध्यक्षहरु प्रमेश हमाल र जयन्ती राई एवं महासचिव डा वेदुराम भुसाल सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले ती विधेयकमा सम्बन्धमा गत मङ्गलबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलगायतसँग परामर्श गरेकी थिइन्।