Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलबाटै समातिन्छन् सन्दीप

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बलात्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो ।हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछानेमाथि गौशाला प्रहरीमा उजूरी दर्ता भई छानबिनका क्रममा छ । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ । पीडित नाबालिक अस्थाकी छिन् । नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ । २२ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् । उनीमाथिको अभियोगले करिअरमै धक्का पर्ने सम्भावना बढेको छ ।

क्यानको आकस्मिक बैठक बस्दै
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ। सन्दीपका विषयमा समाचारहरु बाहिरिएपछि आजै बैठक बसेर यसबारे निर्णय लिने तयारीमा रहेको क्यानले जनाएको छ। सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ। सो बारेमा छलफल गर्न क्यानको बैठक बस्न लागिएको हो। काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।