Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एयरपोर्टको नाममा लुटैलुट, नेकपा समाजवादीमा झन् छुटैछुट

संसदको सार्वजनिक विकास समितिको बैठकमा भने कोरम नपुगेर कार्यक्रम तयार नहुने तर सरकार राष्ट्रिय गौरवका आयोजनाहरूको गित गाएर जनता झुक्याउने अभियान छ, नागरिक उड्डयन प्राधिकरणको तालाचाबी लिएपछि आवश्यकता र औचित्य भन्दा कमिशनमा केन्द्रीत महानिर्देशक प्रदीप अधिकारीले नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलाई च्यापेका छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई प्राधिकरणभित्रको भौतिक संरचनाको चासो छैन । किनकि ठेकेदारमन्त्री प्रेम आलेको चासो ठेक्कामै हुन्थ्यो । अहिले पनि त्यस्तै छ । लोकतन्त्र र राज्य व्यवस्था लुटकै लागि आएको हो । चुनवाको नाममा लुटनैपर्छ । चितवनको मेघौली विमानस्थल आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्तरोन्नतिका निम्ति शुरुआत गरेका छन् । यो शुरुआतसँगै प्राधिकणको लुटाहाटोली जागेको छ ।
प्राधिकरणमा वरिष्ठहरू हुँदा हुँदै ११औं तहका प्रदीप अधिकारीलाई महानिर्देशक बनाए । जबकि उनी पोखरा, लुम्बिनी, निजगढ विमानस्थल परियोजनाका प्रमुख थिए । प्रताप तिवारी, हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण, गोविन्द दाहाल, प्रेमनाथ ठाकुर १२औं तहका हुन् । अधिकारीले पदमा आउन बालुवाटार, खुमलटार, कोटेश्वर शक्ति केन्द्रहरूलाई बुझाएको १५ करोड कुत उठाउन जहाज ल्याण्ड होस् नहोस् हवाई ग्राउण्ड बनाउन अन्तर्राष्ट्रिय अभियान चलाएका छन् । मन्त्री जीवनराम स्वच्छ र शुद्ध छन् तर दुर्गन्धित प्राधिकरणः वायुसेवा निगम मात्र होइन पर्यटन बोर्ड, एयरपोर्ट, पर्वतारोहण प्रतिष्ठानहरूमा छ । श्रोत भन्छ, हवाई ग्राउन्ड बन्ने भनेपछि नेता खुशी हुने, ठेक्काको क्रममै पैसा झर्ने हुन्छ । अधिकारी आफैं ठेकेदार हुन् । उमा एन्ड जेभीका प्रकाश ढकाल उनका पार्टनर हुन् । धनबहादुर बुढा, कान्छाराम तामाङ, अच्युत खरेलहरूले महानिर्देशक बनाएका कारण एयरपोर्टका ठेक्कामा यिनै सक्रिय हुन्छन् । सिभिल इञ्जिनियरिङ विभागको प्रमुख बनेकै बेला प्रदीपले जग्गा काण्डमा आफूलाई फसाएका छन् । ८० करोडको कन्सल्टेन्सी चार्जमा २५ प्रतिशत एक्लै झ्याप पारेको समय पनि थियो कुनै बेला । अहिले खञ्चुवाको ध्यान एयरपोर्टको स्तरोन्नति भने पनि आफैं झ्वाम मार्ने हो । विश्व बैङ्कसँग सफ्टलोन रु १२ अर्ब लिएर लुम्बिनीमा ट्रमिनल थपिँदैछ । जबकि त्यहाँ दैनिक २०÷३० वटा ठूला जहाज अवतरण हुने र उड्ने क्षमता छ । १० लाख यात्रु धान्ने एयरपोर्ट हुँदाहुँदै अर्को तत्काल बनाउनु जरुरी थिएन । एयरपोर्ट बनायो बजेट हजम ग¥यो, जहाज गए जान्छ नगए जाँदैन । लुटाहाहरूलाई चासो छैन, बालुवाटारदेखि नेताका दरबारसम्म कमिशन पुग्छ । प्रदीप अधिकारी जस्ताले जे गरे पनि हुने भएको छ । माधव नेपालको पार्टीले लुटाहालाई बोक्नैपर्छ ? हतकडी लगाएर जेल कोच्नुपर्ने भ्रष्टाचारीलाई महानिर्देशक बनाउनैपर्छ ? नेकपा एकीकृत समाजवादीमा मुर्दाशान्ति छाएकै हो ? युवा नेता जीवनराम श्रेष्ठ केबल दर्शकमन्त्री मात्रै हुन् ? जुन पार्टीका मन्त्री पर्यटनमा छन् । ती मन्त्रीले बजेट सक्ने मात्र योजना ल्याउने धुन्धुकारीमाथि हतकडी लगाउन नसक्नुको कारण के हो ? सहरी विकास मन्त्रालयमा मन्त्री भन्दा जान्ने धेरै छन् । समाजवादीका मुन्सी सोमप्रसाद पाण्डेसँग पैसाको बार्गेनिङ गरेका प्रदीप अधिकारीले भरतपुरको एयरपोर्ट स्तरोन्नति नगरी मेघौली एयरपोर्टको चर्चा चलाए किन ? प्रदीपको महत्वाकांक्षा प्रधान हो कि देशको आवश्यकता हो ? नेकपा एसले बुझ्नु पर्दैन ? सत्तारुढ दलहरू बोल्नु पर्दैन ? यिनैले लुट्न लोकतन्त्र ल्याइएको हो ? पोखरामा क्षेत्रीय विमानस्थलमा तेलको डिपो बनेको छैन, ढल र पानीको नहरको व्यवस्था कता हो पत्तो छैन । पहिल निर्माणमै शुरुको ६ अर्ब ७२ करोडको प्रोजेक्ट २० अर्बको बनाइयो । चिनियाँ पक्ष र नेपाली मिलेर बनाइएको डिजाइन थियो त्यो । ३ अर्ब त भेरिएसनकै नाममा हजम गरियो । त्यसको नाइके प्रदीप हुन् । समयअनुसार २२ अर्बको प्रोजेक्ट थियो । त्यो ६ सय रुख नकाटी रिठ्ठेपानी डाँडा समथर हुँदैन । त्यो ठेक्काबाट ६० करोड कमशिन मन्त्री र प्रदीपलाई आउँछ । तर प्याराग्लाइडिङ व्यवसाय बचाउने उपाय के हो प्राधिकरण बोल्दैन । केबल कमाउने र देशको ढुकुटी मात्रै सक्ने योजनामा छन् ।