Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नवनिर्मित भवनहरुको उद्‍घाटन

नुवाकोट । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत ईलाका प्रहरी कार्यालय ढिकुरे र प्रहरी चौकी ककनी नुवाकोटको नवनिर्मित भवनहरुको आइतबार आयोजित छुट्टाछुट्टै कार्यक्रमवीच उद्‍घाटन गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनहरुको निरीक्षण समेत गर्नुभएको थियो ।
ईलाका प्रहरी कार्यालय ढिकुरे भवन राष्ट्रिय पुनस् निर्माण प्राधिकरण कोषको कुल १ करोड ३९ लाख ४० हजार ८ सय ३८ रुपैयाँ ३८ पैसा सहयोग र प्रहरी चौकी ककनी भवन सोही कोषको कुल १ करोड १४ लाख ५६ हजार ६६ रुपैयाँ ८ पैसा सहयोगमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, स्थानीय तहका प्रमुखहरु, प्रहरी अधिकृत तथा जवानहरु स्थानीय संचारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार