Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिनदिनै रेकर्ड कायम गर्दै अमेरिकी डलर

काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा कायम भएको छ। पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर नयाँ उचाइमा पुगिरहेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा कायम गरेको थियो।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ। यसकासाथै नेपालले आफूलाई आवश्यक वस्तु विदेशबाट आयात मात्र गर्ने तर त्यही अनुरुप निर्यात गर्न नसकेको हुनाले नेपाली मुद्राको दर घटेको देखिन्छ। यदि देशको अर्थतन्त्र कमजोर छ भने त्यस देशको मुद्रा पनि कमजोर हुन्छ।