Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोइरालाले गलाएपछि बन्दसूची यताउता

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको परिमार्जित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। यसअघि आयोगमा बुझाएको बन्दसूचीमा पार्टीभित्रै विरोध भएपछि कांग्रेसले नामावली सच्याएर आयोगमा बन्दसूची बुझाएको हो। शनिबार अबेर रातिसम्म बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले बन्दसूचीको नामावली टुंगो लगाएको हो। परिमार्जित नामावली निर्वाचन आयोगमा बुझाइएको कांग्रेस केन्द्रीय कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। दोस्रोपटक बुझाइएको बन्दसूचीको नामावलीमा व्यापक हेरफेर गरिएको बताइएको छ। यसअघि कांग्रेसले बुझाएको बन्दसूचीप्रति शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको थियो। बन्दसूचीमा आफ्नो पक्षका नेताहरूको नाम काटेर सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप शेखर पक्षले लगाएको थियो। शेखर पक्षले निरन्तर दबाब दिएपछि समानुपातिकतर्फको बन्दसूचीमा नामावली हेरफेर गर्न संस्थापन बाध्य भएको थियो। बन्दसूचीमा आफूपक्षका ४० प्रतिशत समावेश गर्न शेखर पक्षले माग गरेको थियो।