Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले बागी बोकेपछि चितवन एमालेमा असन्तुष्टि

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई समर्थन गर्दै पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएपछि असन्तुष्टि चर्किएको छ । प्रचण्डले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । एमालेबाट उम्मेदवार रहेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रबाटै फिर्तां लिइएपछि असन्तुष्टि बढेको हो । सो क्षेत्रमा एमालेका न्यौपाने नै लोकप्रिय उम्मेदवार रहेको र पार्टीले कांग्रेसका बागीलाई समर्थन गर्दा उल्टो हुने कतिपय नेताले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य कोइराला गठन्धनका उम्मेदवारविरुद्ध बागी उठेका छन् । कोइरालाले यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफू चुनाव जितेपछि एमाले प्रवेश गर्ने बचन दिएको बताइएको छ ।