Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयोगले बजायो प्रचण्डलाई बाजा

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । प्रचण्डलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ । यहाँको मनोनयन दर्ता गर्ने क्रममा पञ्चेबाजाको प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा पञ्चेबाजाको प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा एकको खण्ड ण को व्यवस्थाको उल्लघनमा किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र आयोगमा प्राप्त हुने गरी स्पष्टिकरण गर्नहुन निर्णयानुसार अनुरोध गरिन्छ’, आयोगले लेखेको पत्रमा उल्लेख गरिएको छ ।