Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिमा लाज पचेपछि

राजनीतिमा सिद्धान्त र दर्शनले लिग तोडपछि जहाँ जसले जसरी पनि आफ्नो उपस्थिति जनाउँछ भन्ने कुरा यस पटक छर्लङ्ग भयो । संविधान जारी भएपछि नेपालमा कम्युनिष्ट पार्टीहरुको औचित्य समाप्त भएको बताउँदै समाजवादी आन्दोलनलाई चर्काउने घोषणा गर्दै नयाँ शक्ति नामको पार्टी स्थापना गरेका डा. बाबुराम भट्टराई घुमिफिरी आफैंले औचित्यहिन भनेको पार्टीसँग जोडिन पुगेका छन् । यतिखेर उनी आफू चुनावी मैदानमा छैनन् तर आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा छोरी मानुषि भट्टराईलाई अगाडि सारेका छन् । भट्टराईसँग माओवादी अध्यक्ष प्रचण्डको कुनै दर्शन र सिद्धान्तमा विवाद थिएन । बरु बेलाबखत कम्युनिष्ट आन्दोलनका भिष्म पितामहका रुपमा परिचित मोहन वैद्यले नीतिगत कुरा उठाउँथे तर उनैले नेतृत्व रिरहेको पार्टी वैचारिक रुपमा पतन भइसकेको कुरा उनलाई पत्तै भएन । वैद्यसँगै १० वर्षसम्म एउटै मोर्चामा बसेका रामबहादुर थापा बादल पछिल्लो समय एमाले बनेपछि मोहन वैद्यहरुको विचार र नीतिगत मतभेद अब सम्झन जरुरी छैन । कम्युनिष्ट आन्दोलनमा सिद्धान्त र विचारको नापतौल पार्टीको नीति र कार्यक्रमले गर्दछ । तर, लोकतन्त्र प्राप्तिपछिका कम्युनिष्ट पार्टीहरुमा त्यो देखिएन । बाबुराम भट्टराईको वैचारिक विचलन र मोहन वैद्यको विचारमा प्रतिबद्धताले नेपालको कम्युनिष्ट आन्दोलनलाई भागवण्डामा परिणत ग¥यो भन्ने कुरा नकार्न सकिँदैन । आफ्नो नभए आफ्ना सन्तानलाई राजनीतिमा स्थापित गराउन बाबुराम भट्टराईले छोरी मानुषिलाई अगाडि सारे जस्तै पुष्पकमल दाहालले छोरी रेणु दाहाल र गंगालाई अगाडि सार्दा आलोचना हुनु स्वाभाविक हो । किनकि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि पत्नी डा. आरजु राणालाई जबर्जस्ती राजनीतिमा स्थापित गराइसकेका छन् भने छोरा रणवीर देउवालाई राजनीतिमा छिराउने अभियानमा छन् । आफूलाई वरिष्ठ नेता भन्ने रामचन्द्र पौडेल आफू र आफ्ना सन्तानका लागि काँग्रेसभित्र लडाइँ गर्छन् । छोरा निश्चल पौडेलले पद पाएपछि उनको गनगन थन्को लागेकै थियो । राजनीतिमा नीति र सिद्धान्त छाडेपछि हुने भनेको बाबुराम र प्रचण्ड जस्तै हुन् । जो आफ्नो स्वार्थका लागि को र कहाँ सम्झौता गर्छन् पत्तै हुँदैन । अस्थिरताका पर्याय हुन् प्रचण्ड, काठमाडौं र रोल्पाबाट संसदीय मोर्चामा छिरेका प्रचण्ड दोहो¥याएर कहीं कतै स्थापित हुन सकेनन् । यस पटक उनी आफ्नो थातथलो छाडेर गोर्खा पुगेका छन् । जहाँ डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले उनलाई काँध हालिरहेका छन् । पार्टी अध्यक्षको नाताले प्रचण्डप्रति वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ रहनु नौलो भएन । तर, समाजवादी पार्टी खडा गरेर माओवादीसँगै निर्वाचनपछि पार्टी एकता गर्ने कवुलियत गरेका डा. बाबुराम भट्टराईले आफ्नै छोरीका निम्ति मात्रै त्यो संघर्ष गरे कि मुलुकको राजनीति सुधार्नका निम्ति ध्यान दिए त्यो भने आगामी दिनले देखाउनेछ । लाज नभएकाहरुलाई इज्जतको डर हुँदैन । जो इमान्दार छ त्यसले समाजको स्वरुपप्रति चासो राख्छ । यस पटक वामपन्थी राजनीतिले सामाजिक, विकृति विसंगतिविरुद्ध भन्दा पनि स्वार्थमै आफ्नो शक्तिलाई डोलायमान बनाएको छ । त्यसले नेपाली क म्युनिष्ट आन्दोलनको संरक्षण भन्दा विनास नगर्ला भन्न सकिँदैन । माओवादी आन्दोलन विचारमा विभाजित होइन, केबल सत्ता स्वार्थ र पदीय आकांक्षाले मात्रै यो अवस्थामा पुगेको हो । जुन अवस्था अर्काको वैशाखी नटेकी उभिने स्थिति छैन ।


सम्बन्धित समाचार