Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्राविधिक सचिव बढुवामा सरकारले वरियता मिचेको छ । शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि सचिव बढुवामा वरियता मिच्ने प्रथालाई अन्त्य गरिएको भनिए पनि चुनावको मुखमा भएको बढुवामा भने वरियता मिचिएको छ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले छानिछानि सचिव बढुवा गर्ने प्रथा चलाएकोमा सरकार प्ररिवर्तनसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो प्रथाको अन्त्य गरेको विश्वास गरिएको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो नम्बरमा सिफारिश भएका केशव शर्मालाई सचिवमा बढुवा गरेपछि उच्च प्रशासकहरु समेत आश्चर्यमा परेका छन् ।
मंगलबार सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिश भएको थियो । सिञ्चाई सचिव सागर राई कात्तिक ७ गते अवकाश भएपछि प्राविधिकतर्फको सचिव पद रिक्त हुन पुगेको थियो । तिहार बिदा लगत्तै कार्यालय खुलेसँगै सचिव बढुवाका लागि बढुवा समितिले ३ जनाको नाम सिफारिश गरेको हो । सिफारिश गरिएकामध्ये पहिलो नम्बरमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव रामआधार शाह, दोस्रो नम्बरमा बागमती प्रदेशका उद्योग सचिव विश्वबाबु पुडासैनि र तेस्रो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केशव शर्मालाई सिफारिश गरिएको थियो । तर तेस्रो नम्बका शर्माले सचिव बढुवामा बाजी मारेका छन् । शर्माको अवधि करिब तीन वर्ष रहेको छ । कम अवधि भएको भए उनलाई सचिवमा बढुवा गरेर न्याय गरियो भन्ने अवस्था हुन्थ्यो । तर उनकै जति जागिर अवधि बाँकी रहेका पहिलो नम्बरका शाह र दोस्रो नम्बरका पुडासैनिलाई समेत पन्छाए शर्मालाई अगाडि बढाएपछि प्रशासनिक क्षेत्र रुष्ट हुन पुगेको हो । शर्मा सडक विभागको महानिर्देशक समेत थिए । सडकका इञ्जिनियर शर्मा जागिरे अवधिमा अकूत सम्पत्ति जोड्ने भाग्यमानी राष्ट्रसेवकका रुपमा चिनिन्छन् ।
अहिले अख्यियारमा कार्यरत रहनु, अकूत सम्पत्ति जोड्नु र काँग्रेस निकट हुनु उनका लागि सचिव बढुवाको योग्यता बन्यो । विगत तीन महिनादेखिनै बढुवाका लागि लविङ गरेका शर्माले बढुवाका लागि प्रधानमन्त्री पत्नी डा. आरजु देउवालाई ठूलै थैलो चुनाव खर्च बुझाएको चर्चा छ । भूमिगत शैलीमा सेटिङ मिलाउने दक्षता भएका शर्मा बढुवासँगसँगै मालदार मानिने सिञ्चाई मन्त्रालयको सचिवमा पोष्टिङ गराउन सफल भएका छन् । सिञ्चाई सचिव बन्नका लागि विज्ञान सचिव प्रमिला बज्राचार्य, नेपाल ट्रष्टका सचिव सरजुकुमार वैद्य, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्यको चर्को लविङ थियो । पुरानालाई पन्छाउँदै अख्तियार र पैसाका बलमा सिञ्चाई मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् । शहरी विकास सचिव रमेश सिंहले मंसिरको पहिलो साता अवकाश पाउँदैछन् । सचिव बनेपछिका अधिकांश समय शहरी विकास मन्त्रालयमै बिताएका सिंहको अवकाशपछि सो स्थानमा जान फेरि सचिव बढुवा मिच्ने प्रयत्न भित्रभित्रै चलिहरेको छ । यसअघि चौथो नम्बरमा रहेका अर्जुन थापा अबको बढुवा सिफाशिरमा तेस्रो नम्बरमा पर्दैछन् । सडक विभागको हालका महानिर्देशक रहेका थापाले शर्माकै शैली पछ्याउँदै घरदैलो अभियान थालिसकेका छन् । उनको दौडधूप बढ्नुको कारण पनि खाली हुन लागेको शहरी विकास मन्त्रालयको सचिव पद नै हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल