Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाले भने भाषणले भूमि फर्किंदैन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला पुगेर भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन्। शुक्रबार दार्चुलामा चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको जमिन एक इन्च पनि नछाड्ने र फिर्ता लिने बताएका थिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको त्यो भनाइप्रति संकेत गर्दै देउवाले दार्चुलामा भाषण गर्दैमा भूमि फिर्ता नहुने बताएका हुन्। ‘दार्चुलामा भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुप¥यो। बन्दुक ल्याउनुहोला। होइन भने कूटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो,’ शनिबार डडेलधुराको अजयमेरू गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने,‘भाषणमा त हामीले काठमाडौंमै बसेर भारत नै हाम्रो हो भनिदिन पनि सक्छौं। भाषण गर्दैमा भूमि फिर्ता हुने होइन।’
ओलीले षडयन्त्रपूर्वक संसद विघटन गरेको आरोप लगाउँदै उनले चुनावपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरे। ‘षडयन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई २ बजे राति उठाएर ओलीजीले संसद विघटन गर्नुभयो। त्यसका विरूद्धमा गठबन्धन बनेको हो,’ उनले भने,‘त्यसैले चुनावपछि पनि गठबन्धनको सरकार बन्छ।’ कांग्रेस र माओवादी मिले सुदूरपश्चिमको विकास चाँडै हुने उनले बताए।