Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बहिष्कारको हल्लाले गृह थर्कमान

काठमाडौं । शान्ति सुरक्षामा खलल आउन नदिने नाममा गृहमन्त्री र सचिवबाट हुने आन्तरिक लुटको पर्दाफास हुँदैछ । गृहमन्त्रीले दिनको १ लाख गृहसचिवले रु ५० हजार आफ्ना स्वार्थमा वितरण गरी राज्यश्रोत कुम्ल्याउँदाको समयमा पनि शान्ति सुरक्षा उस्तै थियो । एमालेका अहंकारी नेता केपी ओलीले गृहबाट तानेर आफ्नो मातहतमा लगेर राष्ट्रिय अनुसन्धान विभागलाई पंगु बनाइदिएका छन् । योजना र कार्यक्रम पनि नदिने, बदलिँदो परिवेशमा विभागको महत्व र औचित्यमाथि ख्याल नगर्दाको परिणाम यो बेला चुनाव बहिष्कारको घोषणाबाट गृह थर्कमान छ । चुनावमा भाग नलिने त्यस्ता छन् जो जनताकाबीचमा जान आँट गर्दैनन् । माओवादीको मुल नेतृत्वमाथि प्रहार गरेर आफ्ना कमजोरी ढाकछोप गर्ने नेत्रविक्रम चन्द, मोहन वैद्य, हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला, खड्ग विकको विगत जनताले नचिनेका, नजानेका होइनन । तिनको पार्टीको क्षमता धम्की दिने, वमबारी गर्ने हो । अब त्यो सम्भव छैन । जनयुद्धको अधुरो यात्रा पूरा गर्ने घोषणा गरेर मुलधारको पार्टीबाट भागेका सत्ता पाउँदा जनताको पक्षमा काम गर्न नसकेको चरित्रले आफ्नै घर गाउँमा आधार बनाउन नसकेर चुनावमा लज्जित भएको अवस्थाबारे गृहमन्त्रालय र त्यसका इकाइलाई हेक्का छैन । गृह प्रवक्ता फणिन्द्रराज पोखरेल प्रहरीको सरुवा बढुवा गर्दाको रसस्वादनमा रमाए जस्तो अवस्था त यो होइन । तर माओवादीमा भाग ठूलो खोज्ने पार्टीको जिम्मेवारी पूरा गर्न नसक्ने कुरा क्रान्तिकारी गर्ने व्यवहार लम्पटधारी देखाउनेहरूबाट चुनाव बहिष्कार गर्ने भनेको समाचारमा हो । यी कुनै शक्तिको जनता प्रभावित बनाउने हैसियत छैन । चुनवाकै निहुँमा नेत्रविक्रमसँग धर्मेन्द्र र हेमन्त फुटेका हुन् । विश्वभक्त दुलालको असन्तोषले माओवादीलाई कतै खुनखोटमा गलाउन नसक्दा माओवादीकै नाउमा गिरीराजमणि सत्तामा हुँदा भ्रष्टाचार गर्ने चरित्रको सहारा लिँदैछन् । क्रान्तिकारी माओवादीका मोहन वैद्यको विचार पिएर हुने थियो भने रामबहादुर थापा मुल घरमा आएर गृहमन्त्री बनेर एमालेको लादी बन्नु पर्ने थिएन । वैद्यबाट पार लाग्दैन भनेर देव गुरुङ पम्फा भुसाल, हितमान शाक्य, लेखनाथ न्यौपानेहरू मुलघरमा फर्केर माओवादीको नेतृत्व तहमा छन् । कोठे भुकाई त मसालका मोहनविक्रमको कति थियो कति । अहिले मसालबाट चोइटिएका मोहनविक्रमका मामा गोविन्द सिंह थापाले पनि मसाल नै खडा गरेका छन् । त्यो टिमले मुल एजेन्डा चित्रबहादुर केसीलाई हराएर बागलुङमा एमालेलाई जिताउने धन्दा चलाएको मात्र हो । चुनाव बहिष्कार गर्ने तत्वहरू नै एक ठाउँमा छैनन् । एउटै एजेन्डा, एउटै धारणा भएको मधेशका ठेकेदारहरू उपेन्द्र यादव, राजेन्द्र महतो एक ठाउँमा अडिन सकेनन् । गणतन्त्र, संघीयता, समावेशीताको एजेन्डा स्वीकार्ने तर कार्यान्वयन पक्षमा विमती जनाएर नेकपा फुटाउने केपी ओली, माधव नेपाल, पुष्पकमल दाहालको हालत पनि बुझ्न नसक्ने गृह प्रशासन बहिष्कारको प्रचारबाट थरथरछ । राजनीतिक चेतना कमजोर भएको काँग्रेस र त्यही काँग्रेसको पुच्छर बनेर सूचनाको नाममा झ्वाम पार्न पल्केका गृहका ठेकेदारहरूको काँतर पनको उपज हो, चुनाव बहिष्कार । बरु खुला सीमा भएकोले मधेश असुरक्षित छ । त्यहाँ आफ्नो स्वार्थमा घुसपैठ गराउन काँग्रेस र एमाले नेता धेरै छन् । सरकारले हल्ला बढी गर्दा कमजोर पक्ष मै मत्ता हुन्छ । वक्तव्यबाजीको बहिष्कारले कुनै ठोस रूप देखाउँदैन । यसपटक चुनाव बहिष्कार गर्नेका एजेन्डाबाट जनता प्रभावित हुन्नन् ।


सम्बन्धित समाचार