Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमई सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

काठमाडौं । रेमिट्यान्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७र७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सन् २००१ मा स्थापित आइएमई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गर्ने प्रमुख कम्पनीमा पर्दछ । यस कम्पनीले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।