Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घण्टी बजाएर रविले खर्च गरेर १२ लाख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानले आफ्नो चुनाबी अभियानमा ११ लाख ८१ हजार ४७२ रूपैयाँ खर्च भएको बताएका छन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो खर्चबारे जानकारी दिँदै लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् । लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् । लामिछानेले प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए ।