Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

काठमाडौं । चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रवार राति भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको रास्वपाको सम्पर्क कार्यालयमा आगलागी भएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । शनिबार सटर खोल्दा कार्यालयको कुर्सी र निर्वाचन प्रचारमा प्रयोग गरिएको फ्लेक्स प्रिन्ट जलेको अवस्थामा भेटिएको छ । बाहिरबाट ताला लागेको अवस्था देखिन्छ, एसपी अधिकारी भन्छन्– कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं । आगलागी शुक्रवार राति भएको बताइएको छ । शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।