Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसकै पोल्टामा गठबन्धनको साँचो

नेतृत्व लिन माओवादीले थाप्यो च्याखे
काठमाडौं । मुखले युवा पुस्तालाई सत्ता भन्यो व्यवहारले जहाँ गयो त्यहीं झुल्नेले अझै प्रधानमन्त्री दाबी गरी राजनीतिक भेटघाट चर्काउँदा काँग्रेसभित्र असन्तुष्टि नै बढ्दैछ । युवा नेता गगन थापालाई उकास्दै आएका डा. शेखर कोइराला भने भोलिको पार्टी सभापतिको आशामा छन् । काँग्रेसका रामचन्द्र पौडेल, प्रकाशमान श्रेष्ठसम्मले प्रमको दाबी गरेका कारण देउवालाई उनीहरू थन्क्याउने बाटो भनेकै शुरुको अवधिमा माओवादीलाई सरकारको नेतृत्व दिनु बुद्धिमता हुनेछ । सबै दलमा अराजकता बढेको छ । जो सत्तामा पुग्यो उसैले पारिवारिक स्वार्थ र गुटगत स्वार्थ पूरा गर्दा यस्तो अराजकता देखिएको हो । काँग्रेसले बुद्धि पु¥याउने हो भने माओवादी र एकीकृत समाजवादीलाई शुरुका ३ वर्ष प्रधानमन्त्री पद बाँड्न सक्नुपर्छ । काँग्रेसकै पोल्टामा सत्ता गठबन्धनको साँचो पुगेको छ । चुनवामा घात गर्ने डा. शेखर समूह हो । यो समूहले घात गर्दा माओवादीले समेत पराजय व्यहो¥यो । चितवन ३, काठमाडौं २, ७, ९, ललितपुर ३ को पराजयमा डा. शेखर समूह खुलेर आएको थियो ।
माओवादीले पनि आफ्नै कब्जाका गोरखा १, सोलु, धनकुटा, छोड्नु हुँदैनथ्यो । त्यहाँ काँग्रेसभित्रै अपाच्य भएका बलबहादुर केसीलाई राम्रैसँग सजयाँ दिन काँग्रेस नै सफल भए । प्रम शेरबहादुर देउवा इमान्दार छन् तर उनकै काँग्रेसमा डा. शेखर कोइरालाहरू गठबन्धनमा घातक बन्दैछन् । सत्ता गठबन्धनमा विभाजन हुने यस्तैको कारण हो । निर्वाचन समिक्षा नगरी आफू आफू प्रधानमन्त्री को बन्ने र नेतृत्व कसले गर्ने भन्ने विवादमा फसेको नेपाली काँग्रेसले अपेक्षा गरेको १५ सिट आफ्नै कारणले पराजय भोगेको छ । काँग्रेसभित्रका प्रतिपक्षीहरूले शुरुमै गठबन्धनको विरोध गरे । तर निर्वाचन परिणामले उनीहरूलाई गठबन्धन नभएको भए चुनाव जित्न कठिन हुने देखाएको छ । काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले समेत यो सत्य स्वीकारेका छन् । गृहमन्त्री बालकृष्ण खाँणको स्वार्थमा भाई पार्टी सभापति, जेठी पत्नी प्रदेशसभाको सदस्य, कान्छि मञ्जु खाँण समानुपातिकमा राख्दाको फल पाएकै हुन् । खाँण प्रम देउवाका विश्वासि हुन् । काँग्रेसले ८२ जना अराजक कार्यकर्तालाई कारबाही पनि गरेकै हो । काँग्रेसकै कारण माओवादी र एकीकृत समाजवादीका जित्नु पर्नेले चुनाव हारेका छन् । काँग्रेस आफैंले चुनाव जित्नेमा राखेका बलबहादुर केसी, शिव हुमागाई, पुष्पा भुसाल, बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल, भिमसेनदास प्रधान, भिष्मराज आङदम्बे, रामजनम चौधरी, महालक्ष्मी उपाध्याय जस्ता नेताहरूको पराजयलाई काँग्रेसले गम्भीर रूपमा लिएको छ । काँग्रेसकै नेतृत्वमा सरकार बन्ने कि गठबन्ध्न भित्रको नेकपा माओवादी केन्द्रको नेतृत्वमा बन्ने कुरा निश्चित छैन । मोरङ ४ (क) का उम्मेदवार गुरुराजको पराजय होस् वा रोल्पा (ख) का अमर सिंह पुनको पराजय होस् काँग्रेसभित्र गठबन्धनको विरोध गर्ने गरेको फल पाकेको मान्नुपर्छ । काँग्रेसले काठमाडौंका २, ७ र ९ लिएर गोरखा, सोलु, धनकुटा माओवादीलाई दिएको भने राजनीतिमा नाफा नै हुन्थ्यो । शहरी क्षेत्रका जनताले माओवादीलाई रुचाउँदैनन् भन्ने कुरा यस पटक माओवादीप्रतिको लहर घट्दो अवस्थाले नै छर्लङ्ग बनायो । घात खुल्लमखुल्ला काँग्रेसमा भयो ।
काँग्रेसको युवा पुस्ताका नेताहरू महामन्त्री गगन थापा, प्रदीप पौडेल, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइरालासम्मको स्वर सुन्दा लाग्छ अबको काँग्रेसलाई गठबन्धन पाच्य छैन । चुनाव जित्न काँग्रेसले साथ लिएका नेकपा माओवादी र एकीकृत समाजवादीले गठबन्धन त्यागी दिने हो भने यी धतुरे नेताहरूको हालत ०७४ को चुनावपछिको अवस्थामा पार्टी पुग्छ भन्ने सोच समेत देखिँदैन । काँग्रेसले हिजोको ६३ सिटबाट आजको यो अवस्थामा कसरी पुग्यो भन्ने ख्याल राखेको छैन । पार्टी छ त, तर अन्तर्घात त्यहाँ हरेक चुनावमा हुन्छ किन ? आफूले पाए खट्ने, नपाए घाम ताप्ने काँग्रेसी राजनीति शुद्ध व्यक्ति केन्द्रीत छ । कोइराला पक्षले देउवा पक्षलाई खेदेर लिँदै आएको फाइदा अहिले उल्टिएको छ । कोइराला वंशको हातमा सत्ता हुनु पर्छ भन्ने सोच अब थन्कियो । बेला बखत डा. शेखर बाउँठिए । आफ्नो धरातल बुझेपछिका दिनहरूमा बल्ला कोइराला ठाउँमा आएका छन् ।
५० अर्ब खर्च गरेर भएको चुनावबाट यो गठबन्धनले मुलुकमा आर्थिक मन्दी हटाउन सक्छ, सक्दैन शंका छ । सरकारका लागि स्पष्ट बहुमत हुँदाहुँदै एमालेलाई त्यागेर राप्रपा र जनमत पार्टीलाई समेत सत्ता गठबन्धनमा सामेल गर्न बालुवाटार जुर्मुराएको छ । काँग्रेसको यो पहलबाट आफूसँग भएको १३३ सिटमा बहुमतका लागि ५ जना जरुरी हुन्छ । यसैका लागि जनमत पार्टी सहज बन्न पुगेको छ । त्यो पार्टीले प्रत्यक्षमा एक, समानुपातिकमा ४ जना आउने भएकाले प्रम देउवाले सिके राउतसँग भेटेका हुन् । जेलमा भएका रेशम चौधरीलाई पनि सरकारमा ल्याएर सुदूरपश्चिममा सत्तापक्षले नै सरकार बनाउने दाउमा छ । विपक्षी गठबन्धनमा भने ११२ सांसद रहनेछन् ।