Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनचाँदीको भाउ लगातार उकालो

काठमाण्डौ । पछिल्लो समय सुनचाँदीको भाउमा लगातार वृद्धि भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पायो । आइतबार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला रु। २०० ले बढ्यो । आइतबारका लागि फाइन गोल्डको भाउ प्रतितोला १ लाख ५०० रुपैयाँ तथा स्ट्याण्डर्ड गोल्डको भाउ प्रतितोला रु. १ लाख तोकिएको छ । यसअघिको कारोबार दिन अर्थात शुक्रबार फाइन गोल्ड र स्ट्याण्डर्ड गोल्डको मूल्य प्रतितोला क्रमशः १ लाख ३ सय तथा ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको भाउ पनि निरन्तर बढिरहेको छ । शुक्रबारको तुलनामा चाँदीको भाउ प्रतितोला रु। १० ले वृद्धि भई रु. १४०० पुगेको छ । मंसिर महिनामा मात्रै सुनको भाउमा ३ हजार ७०० रुपैयाँ वृद्धि भइसकेको छ । मंसिर ७ गते फाइन गोल्डको मूल्य प्रतितोला ९६ हजार ८०० थियो । त्यसपछि निरन्तर बढिरहेको मूल्य आज १ लाख ५ सयको उचाईमा पुगेको हो । यसरी हेर्दा सुनको भाउ २० दिनको तुलनामा ३।६८ प्रतिशतले बढिसकेको छ । यस्तै, चाँदीको मूल्य मंसिर महिनाको २० दिनभित्र ९.६४ प्रतिशतले बढिसकेको देखिएको छ । मंसिर ५ गते चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर प्रतितोला १४०० को उचाईमा पुगेको हो ।