Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दम्पतीको हत्यामा ६ र ८ मा पढ्ने दुई किशोर पक्राउ

काठमाडौं । धादिङको मूलपानीमा भएको वृद्ध दम्पतीको हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई नियन्त्रण लिएको हो। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका(३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगरको शव मङ्सिर २६ गते सोमबार बिहान घरमै भेटिएको थियो। स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एकजना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन्। उनीहरूबाट हत्या गरिएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ। त्यही मोबाइल फोन खोस्न उनीहरुले हत्या गरेको सुरुवाती निचोड प्रहरीले निकालेको छ।
नियन्त्रणमा लिएका दुवै बालकलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।