Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टुटल पठाओलाई नरोक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल पठाओ लगायतलाई नरोक्न निर्देशन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानून नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको बताइन्छ । युवाहरूले काम पाइरहेको र यात्रुहरूले सेवा पाइरहेकाले यस्ता सेवा रोक्नु भन्दा यस्ता सेवाका बारेमा अध्ययन गरि कानून नबनुन्जेललाई यथास्थितिमा चल्न दिनुस्, मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने ।
यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो । यो सूचना प्रकाशित भएसँगै केही टुटल र पठाओ सेवा चालक पक्राउसमेत भएका थिए । केही समय अघि पनि टुटलमाथि कारवाही थालिएपछि व्यापक विरोध भएको थियो र प्रधानमन्त्री केपी ओलीले सञ्चालन गर्न नरोक्न निर्देशन दिएका थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल