Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा राजनीतिमा समाजको ऐना बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा आएको जिकिर गरे ।
महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुने चाहिँ त्यो सेसन हो । मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोमा भर्याङ चढेर अलिकति माथि पुगेको, अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्याङ चढौँला भनेर सोचेको नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ, थापाले भने ।
उनले नेपाली कांग्रेस राजनीतिको शिखरमा पुगेर एकैचोटी तल पुगेको बताएका छन् । थापाले नेपाली कांग्रेसको कार्यकर्ता भएर हेर्दा कांग्रेस एकैचोटी तल खसेको टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेसको कार्यकर्ताको हिसाबले हिजोका घटना चाहिँ लुडोमा ९९ तिर पुगेपछि एउटा नाग हुन्छ नी, खेल्दै खेल्दै गएको त्यहाँ पुग्ने बेलामा एकैचोटी तल झरेको जस्तो भएको छ । व्यक्ति गत रुपमा म नढाँटी भन्छु । बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिए । उहाँले कल गर्नुभएन, थापाले भने, उहाँले गठबन्धनको बैठकमा पार्टीमा कुरा गर्छु भन्नुभएको रहिछ । तर, हामीसँगै कुरा गर्नुभएन ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल