Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अख्तियारमा पुग्यो बलबहादुर विरुद्धको उजुरी

काठमाडौँ । बलबहादुर केसीले मन्त्री र सांसद हुँदा अनेक अनियमित कार्य गरेर दुई अरबभन्दा बढी सम्पति आर्जन गरेका छन् । पदमा हुँदा उनले के मात्र गर्न बाँकी राखे ? सोलखुम्बु जिल्लालाई धेरै जिल्लावासीले खास गरी काँग्रेसीहरूले सहिदको जिल्ला पनि भन्ने गर्छन् । २०३१ सालको सशस्त्र विद्रोहमा सोलुको टिम्बुरबोटेको ओडारमा मात्र दुई दर्जनभन्दा बढीलाई मारियो । अरू कतिलाई गोली हानेर हत्या गरियो ।

त्यहीे ठाउँ, सोलुखुम्बुको टिम्बुरबोटेमा त्यहाँ मारिएका सहिदहरूको नाउँमा सहिद स्मारक बनाउने भनेर करोडौँ रूपैयाँ विभिन्न मन्त्रालयबाट बलबहादुरले धेरै पटक लिए । तर उनले त्यहाँ कुनै काम नगरी त्यो करोडौँ रूपैयाँको देखादेखी भ्रष्टाचार गरे । गत २०७२ साल वैशाखको महाभूकम्पमा धेरै मानिसले ज्यान गुमाएको र ठूलो क्षति भएको जिल्लामध्येको एक क्षतिग्रस्त जिल्ला सोलुखुम्बु पनि हो ।

यो भन्दा कम क्षति भएका अरू केही जिल्लाहरूलाई भूकम्प क्षतिग्रस्त जिल्लाको श्रेणीमा राखियो । तर सोलुखुम्बुलाई भूकम्पबाट क्षतिग्रस्त जिल्लाको सूचीमा राखियो भने त्यहाँ टुरिष्टहरूको आगमन कम हुन जाने देखी केही ट्रेकिङ व्यवसायी र अरू केही व्यापारीहरूबाट बलबहादुरले रकम लिई सोलुखुम्बुलाई भूकम्प क्षतिगस्त जिल्लाको सूचीबाट हटाइदिए । यसबाट सोलुखुम्बु जिल्लावासीले धेरै कठिनाइ सहनुप¥यो । यीसमेत अरू अनेक ठूला–ठूला भ्रष्टाचार गरी बलबहादुरले आर्जन गरेको घरहरू र जग्गासमेतको सबैले देखेको सम्पत्ति मात्र दुई अरबभन्दा पनि धेरै बढी छ ।

अरू सीधा देख्न नसकिने नगद र गहना तथा अरू थप घर र जमिनहरूको लेखाजोखा नै छैन । सोलखुम्बु जिल्लाका सहिदको नामबाट भ्रष्टाचार गरेको प्रत्यक्ष देख्ने सहिदका परिवार र भूकम्पले त्यति ठूलो क्षति पु¥याउँदा पनि भ्रष्टाचार गरी सोलुखुम्बु जिल्लालाई भूकम्पबाट क्षतिग्रस्त जिल्लाको सूचीबाट हटाइदिने बलबहादुरबाट पीडितहरूसमेतको तर्फबाट प्रतिनिधित्व गर्दै सोलुका जनताले बलबहादुरले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेकोमा त्यसको भेटेसम्मको केही सम्पत्तिसमेतको सबुत प्रमाणसहित भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गर्ने बलबहादुरलाई भ्रष्टाचारको कारबाही गरिपाउँ भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आफैँ गएर उजुरी दिएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट कहिले यसको छानबिन हुन्छ ? देखादेखी यसरी भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्नेमाथि उचित छानबिन गरी कारबाही गर्न अख्तियारबाट विलम्ब नहोस् भनी सोलुखुम्बु जिल्लावासीको अनुरोध छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल