Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए। इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्। हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली । पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए। पेलेले जम्मा ४ वटा विश्वकप खेले। जसका तीनवटाको उपाधि उचाले। उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए। पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले। जसमा उनले १२ सय ८१ गोल गरे। ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल