Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोनाल्डोले गरे अल नसरसँग कीर्तिमानी सम्झौता

काठमाडौं। क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर ग रेको थियो । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेपछि क्लबविहीन थिए । पाँच पटकको बालेन डीओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका थिए । उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।