Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी संस्थापनलाई गलाउन बैठक बस्दै कोइराला समूह

काठमाडौँ । पहिल्यैदेखि गठबन्धनको विपक्षमा देखिएको काँग्रेसभित्रको विपक्षी समूह शेखर कोइराला पक्ष पार्टी संस्थापनलाई खाइस् भन्ने अवस्थामा पुगेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउन नेता कोइरालाले आफ्नो समूहको बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो १ बजे बत्तिसपुतलीस्थित एक होटलमा बस्दैछ । बैठकमा पार्टीको संसदीय दलको निर्वाचन, निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि तय भइसकको छ । यसअघि पुस २२ गतेका लागि बैठक तय भए पनि बुधबार बैठकको मिति परिवर्तन गरिएको हो । केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि २३ गते शनिबार संसदीय दलको बैठक बोलाइएको छ ।