Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राहदानी विभागको सर्भर बनाउन फ्रान्सेली टोली आउँदै

काठमाडौं । विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए । नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ ।

राहदानी सर्भरमा ‘स्टोरेज समस्या देखिएको छ । विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहदानी विभागमा लागेको लाइन एक महिनाभित्र हटाउन निर्देशन दिएकै दिनदेखि विभागले काम ढिलाइमा प्राविधिक समस्या देखिएको भन्दै वितरण रोकेको थियो ।

विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।

विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनुहुन अनुरोध गरिएको छ । सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नियमित रूपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गर्नुभएका सेवाग्राही बुक गरेको मिति र समयमा बायोमेट्रिकका लागि विभागमा उपस्थित भइदिनुहुन अनुरोध छ ।

विभागले मंगलबार अर्को सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा अप्वाइन्टमेन्टका लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र लाइफ इनरोलमेन्ट सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो ।

विभागकी प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा थप भनिएको थियो, सम्पूर्ण सिस्टमको एउटा कम्पोनेन्ट भ्यालिडेसनमा प्राविधिक समस्याका कारण डाटा प्रोसेसिङमा सुस्तता देखिएको हुँदा राहदानी वितरणमा मात्र केही ढिलाइ हुने जानकारी गराउन चाहन्छौं ।

 


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल