Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईसी एसियाको कर्तुत

काठमाडौं । एनआईसी एसिया सबैभन्दा ठग बैङ्कको रूपमा देखा परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी अर्थात पौने दुई अर्ब नाफा कमाएको यस बैङ्कले निक्षेपका ग्राहकलाई कम ब्याज दिएर तथा कर्जाका ग्राहकबाट बढी ब्याज लिएर ठगी गरेको फेला परेको हो । चमत्कारिक भन्दै विभिन्न किसिमका योजना अघि सारेको यस बैङ्कले घुमाई फिराई विभिन्न जालझेल गरेर निक्षेपका ग्राहकलाई कम ब्याज दिने र ऋण लिनेहरूबाट बढी ब्याज लिने गरेपछि नाफा पनि ह्वात्तै बढेको हो । तर ग्राहकबाट असूली गरिएको बढी ब्याजमध्ये डेढ अर्ब रूपैयाँ भने एनआईसी एसिया बैङ्कले ग्राहकलाई फिर्ता गर्नुपर्ने भएको छ । अघिल्लो पटकको राष्ट्र बैङ्कको ४८ दिने एनआईसी एसिया बसाई, सुपरीवेक्षण तथा निरीक्षणबाट केही त्रुटी फेला परेन । किनकि त्यसबेला एनआईसी एसियाको प्रमुख प्रवद्र्धक रहेको विशाल ग्रुपका अग्रवालहरूसँग विशेष नजिकको सम्बन्ध भएका तत्कालीन गभर्नर तथा अर्थमन्त्री डा.युवराज खतिवडाको कृपा र आशिर्वाद रहेको थियो । त्यसैले ४८ दिन बसेर करिव ५ सयवटा फाइल हेर्ने राष्ट्रबैङ्कको स्थलगत निरीक्षण टोली मुख, विवेक र आँखा बन्द गरेर फर्किएको थियो । तर जसै डा. खतिवडाको पद गुम्यो, शक्तिबाट कमजोर भए, विशाल ग्रुपको अर्थमन्त्रालय र राष्ट्र बैङ्कको पक्कड खुस्कियो । राष्ट्रबैङ्कसँगको पक्कड कमजोर बनेपछि एनआईसी एसिया बैङ्कले गत बर्ष लाभांश बाँड्न पाएन । राष्ट्र बैङ्कलाई जसरी नचाए पनि हुन्छ भन्ने सोचले काम गरिरहेको एनआईसी गत बर्ष फसेको थियो । पुँजीकोष कायम गर्न नसकेपछि राष्ट्र बैङ्कले यस बैङ्कलाई लाभांश बाँड्न रोकेको थियो । त्यसपछिको बर्ष अर्थात गत वर्षको असोजसम्ममा बैङ्कले पुँजीकोष कायम गर्न नसकेको कारणले अघिल्लो वर्षको नाफाबाट पनि लाभांश बाँड्न पाउने छैन । यस्तो स्थितिमा रहेको बैङ्कले पुँजीको शतप्रतिशत जस्तो डिबेञ्चर जारी गरेर पुँजी बढाई कारोबार विस्तार गरिरहेको छ । अव नाफाबाट बोनस सेयर दिनुपर्ने हुन्छ । तर गत वर्ष पुँजीकोष कायम नगरेका कारणले बोनस बाँड्न पाउँदैन ।